भ्रष्टाचारविरुद्ध एकीकृत राप्रपाको जनप्रदर्शन

705
views

काठमाडौं– डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले राजधानीमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । राजधानीका विभिन्न स्थानबाट ¥याली निकालेको सो पार्टीले माइतीघर मण्डलामा पुगेर सभा गरेको छ । सभालाई पार्टी अध्यक्ष लोहनी लगायतका नेताले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा अध्यक्ष लोहनीले मुलुकमा भ्रष्टाचार मौलाउदै जाँदा सुशासनको अनुभव हुन छोडेकाले भ्रष्टाचार नियन्त्रण गर्न सरकारलाई दवाव दिन कार्यक्रम गरिएको बताए । उनले राज्यका सवै निकायमा हुने दलीय भागवण्डाको अन्त्य गर्न पनि माग गरे ।
सो पार्टीले सवै धर्मावलम्बीहरुको सम्मान गर्दै पहिचानसहितको हिन्दुराष्ट्र कायम गर्नुपर्ने संबैधानिक राजसंस्था कायम गर्नुपर्ने, बेरोजगारी अन्त गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।
प्रर्दशनपछि नेता केश बहादुर विष्टले राज्यको सुदृणिकरण र राज्य व्यावस्थाको सन्तुलन सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्र र राजसंस्थासहितको संवैधानिक व्यवस्थाले मात्र हुने बताए ।