कतारमा अलपत्र परेका सात जना नेपालीको उद्धार

1273
views

भदौ २४। कतारमा अलपत्र परेका ७ जना नेपालीको उद्धार गरिएको छ ।बुटवलमा घर भई हाल कतारमा बस्दैआएका लिला जीसीको समन्वयमा गुल्मी मदानेका राजेश घर्ती, खोटाङका दिनेश कटुवाल, गंगाबहादुर कटुवाल, वीरबहादुर खड्का, सुर्खेतका जीतबहादुर वीक, भोजपुरका इरज राई र संखुवासभाका पुष्प भारतीको उद्धार गरिएको जनाइएको छ । उद्धार गरिएका सातै जनालाई शनिवार नेपाल फर्काउने तयारी गरिएको छ ।

विभिन्न प्रलोभनमा परी कतार पुगेका सातै जनाको उद्धार गरिएको र योभन्दा पहिले पनि २० जनाको उद्धार गरी नेपाल पठाइएको जीसीलाई उद्धृत गर्दै कतारबाट चन्द्र सुर्य प्रकाश शर्माले बताए ।
अलपत्र नेपालीलाई स्वदेश फर्काउन गुल्मी सेवा समाजले टिकट सहयोग गरेको छ ।