अपडेट – नुवाकोटको शिवपुरीमा बस दुर्घटना, ८ को मृत्यु

433
views

नुवाकोट, २४, भदौ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७, ठानाभन्ज्याङमा बसु दुर्घटना भएको छ । बस दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । काठमाडौंबाट नुवाकोट जाँदै गरेको बा१ख ६३४८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा केही घाइते भएका छन् । दुर्घटनामा २५ जना घाइते भएका छन । दुर्घटनामा चारजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरूमा कविता तामाङ रालुका, शशी बोगटी विनपा–९, लक्ष्मि नेउपाने नर्जामण्डप र बाँकी २ महिला र १ पुरुषको सनाखत हुन बाकि रहेको प्रहरीले जनाएको छ ।शिवपुरी गाउँपालिका वडा नं ७ को थानाभन्याङ नजिक गुरुङ गाउँमा सडकबाट बस घरमा खसेको थियो । बस खसेपछि घर पनि पूर्ण रुपमा क्षति भएको छ । मृत्यु हनुेमा एक महिला र तीन पुरुष रहेका छन । बिहान साढे ११ बजे काठमाडौ्रबाट गुर्जेभन्ज्याङ हुँदै खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस सडकबाट एकसय मिटर तल घरमा खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार वस्यालले जानकारी दिए ।
दुर्घटनामा पर्नेको स्थानीयवासी र प्रहरीले उद्धार गरेका छन । दुर्घटनाका घाइते मध्ये २५ जनाको ग्रीनसिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी, जगदिश्वरनरसिंह केसी र रमेश महतले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै अस्पतलमा गएर घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन ।