नुवाकोट साहित्य प्रतिष्ठानद्वारा नुवाकोट साहित्यिक पदयात्रा

1369
views

नुवाकोट, २५, भदौ । नुवाकोट साहित्य प्रतिष्ठानले नुवाकोट साहित्यिक पदयात्रा कार्यक्रम गरेको छ । शनिबार बट्टार बजारबाट सुरु भएको साहित्य यात्रा बाराही मन्दिर, धरमपानी, भैरवी मन्दिर, साततले दरबार हुदै असोकबाटिकामा गएर टुङ्गिएको थियो । असोकबाटिकासम्म पुगेका सर्जकहरुलाई साहित्यिक रचना गर्नको लागि आयोजकले फरकफरक विधा दिएको थियो । ३० मिनेटको समयमा सर्जकहरुले आफूलाई भागमा परेको विधामा रहेर रचना सिर्जना गरि बाचन गरेका थिए ।
सर्जकहरुले बाचन गरेका कविता, गजल, मुक्तक, हाइकु, सिजो लगायतमा नुवाकोटे माटो बोलेको थियो । साहित्यिक पदयात्राले नुवाकोटका सर्जकहरुलाई स्थलगत रुपमा अवलोकन गरी सिर्जना गर्न सहयोग गरेको साहित्यकार शम्भूप्रसाद शर्माले बताउनुभएको छ । आयोजक सस्था नुवाकोट साहित्य प्रतिष्ठानले तालिका नै बनाएर असार १५ धान दिवसको अवसरमा सर्जक सम्मान तथा रचना बाचन र दशैतिहारको अवसर पारी साहित्यिक पदयात्रा आयोजना गर्दै आएकोले नवसर्जकहरुमा समेत सिर्जना गर्न उर्जा मिलेको साहित्यकार शर्माले बताउनुभएको छ ।
नुवाकोटको पर्यटकीय स्थललाई साहित्यमा अटाउनको लागि साहित्यिक पदयात्रा गरिएको आयोजक सस्थाका अध्यक्ष रामकृष्ण गजुरेलले बताउनुभएको छ । आन्तरिक तथा बाह्य पर्यटक जिल्ला भित्राउनको लागि साहित्य सिर्जनाको समेत महत्वपूर्ण भूमिका खेल्ने प्रतिष्ठानका अध्यक्ष गजुरेलले बताउनुभएको छ ।
पदयात्रामा जानुका दाहाल, रामप्रसाद चालिसे, मुकुन्दराज अर्याल, विष्णु सापकोटा, लोकबहादुर पुडासैनी, आशिक भट्ट, प्रमिला परी, देउती दिर्घायू, भगवती खनाल, कोमल नेपाल, बुधराम चौधरी, सिताराम पौडेल, सुमित्रा पौडेल लगायतले रचना गरेर बाचन गरेका थिए । पदयात्रामा प्रतिष्ठानका सल्लाहकार श्रीराम श्रेष्ठले लेख्नुभएको ‘नुवाकोट र मण्डला अलग अलग राज्य हुन् सिर्षकको आलेख सार्वजनिक गरिएको थियो भने साहित्यकार शिवसुन्दर पुडासैनीले टिप्पणी गर्नुभएको थियो ।