एसीसी यू–१९ प्रतियोगितामा नेपालद्वारा थाइल्याण्ड २५५ रनले पराजित

1946
views

काठमाडौं,२६ भदौ नेपालले एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा थाइल्यान्डलाई २८२ रनको लक्ष्य दिएको छ। मलेसियाको क्लम अमन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाउँदै २८१ रन बनायो।
नेपालका लागि अनिल कुमार साहले सर्वा्धिक ९१ रन बनाए। सतक बनाउन ९ रनले चुकेका उनले ७४ बलमा ६ चौका र ५ छक्का हिर्काएका थिए। यस्तै प्रनित थापामगरले अर्धशतकीय योगदान गरे। उनले ६१ बल खेलेर ५० रन बनाए। उनले ३ चौका र एक प्रहार गरे ।
रोहित पौडेलले २८ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए ।
ओपनर मोहमद आसिफ शेखले २१ रन बनाए। ९ ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। उनले ५७ बलमा ३ चौका प्रहार गरे। सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । पवन शर्राफ २२ र किशोर महतो २ रनमा अविजित रहे ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले सिंगापुर, भुटान र थाइल्यान्डविरुद्ध खेल्नेछ। समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन् ।
नेपालको बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल हुनेछ। समूहबाट शीर्ष स्थान बनाउने दुई टोलीले यू–१९ एसिया कपमा छनोट हुन पाउनेछन् ।