जिल्ला न्यायाधीशको सरुवा गरिए प्रतिवाद गर्ने एमालेको चेतावनी

307
views

काठमाडौ २६ भदौ । नेकपा एमालेले जिल्ला न्यायाधीशको सरुवा गरिए प्रतिवाद गर्ने चेतावनी दिएको छ । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आचारसंहिता विपरीत जिल्ला न्यायाधीशहरुको सरुवा गरिए प्रतिवाद गर्ने चेतावनी दिए । उनले जिल्ला न्यायाधीशको सरुवा गर्न लागिएको सूचना आफूले पाएको भन्दै आपत्ति जनाए । उनले जिल्ला न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत हुने भएकाले सरुवा गेरर निर्वाचन प्रभावित गर्ने खेल गर्न खोजिएको आरोप लगाए । नेम्वाङले चुनाव प्रभावित गर्ने कुनै पनि खेल सफल हुन नदिने बताए । आइतबार प्रधानन्यायाधीश गोपाल पराजुलीले निर्वाचन आयोगका पदाधिकारीसँग जिल्ला न्यायाधीशको सरुवाको बारेमा छलफल गरेका थिए । उनले मन्त्रिपरिषद् विस्तार समेत आचारसंहिता विपरित भएको भन्दै आपत्ति जनाए ।