बेसलान बन्धक काण्ड रोक्न रुस असफल भएको अदालतको फैसला

792
views

एजेन्सी । युरोपेली मानवअधिकार अदालतले सन् २००४ को बेसलान बन्धक प्रकरणमा रुस असफल भएको फैसला सुनाएको छ ।
अदालतले फैसला सुनाउँदै स्कुलका बन्धक काण्डबारे फैसला सुनाउँदै रुस सो काण्डमा असफल भएको जनाएको हो ।

रुसको बेसलानमा सन् २००४ मा भएको यो स्कुल बन्धक काण्डमा ३ सय ३० जनाको मृत्यु भएको थियो । यस बन्धक काण्डलाई अन्त्य गर्नका लागि भारी हतियारको प्रयोग र पछि घटनाको छानविनका विषयलाई लिएर कडा निन्दा भएको थियो ।

त्यसबेला चेचन साम्प्रदायिक समूहले स्कुलमा १ हजारभन्दा बढीलाई बन्धक बनाएको थियो ।प्रत्यक्षदर्शीका अनुसार स्कुलमा विद्रोहीको कब्जालाई अन्त्य गर्नका लागि रुसका सुरक्षा बलले आवश्यकता भन्दा बढी बल प्रयोग गरिएको जनाएका थिए ।यद्यपि यो बन्धक काण्डलाई समाप्त पार्ने क्रममा भएको मृत्युका सन्दर्भमा कुनै रुसी अधिकारीलाई जिम्मेवार ठहर भने गरिएको छैन ।

सन् २००४ मा बेसलानको एक विद्यालयमा केही हतियारधारी महिला र पुरुषहरु विस्फोटक पदार्थसहितको पेटी बाँधेर गोली प्रहार गर्दै घुसेका थिए । चेचन साम्प्रदायिक समूहले बन्धलाई स्कुलको स्पोर्टस् हलमा राखेर बास्केटबल कोर्टमा विस्फोट गराएका थिए ।

चेचन समूहले रुसी सुरक्षाबललाई हटाउन माग गर्दै आएका थिए । बन्धक संकटको अन्त्य तेस्रो दिनमा भएको थियो । त्यसलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले ठूलो संघर्ष गर्नुपरेको थियो । सो क्रममा रुसी सुरक्षाफौजले विषालु ग्याँस प्रहार गरेको थियो ।

यो फैसला स्ट्रासबर्ग्स्थित युरोपेली आयोगले सञ्चालन गरेको आयोगले सुनाएको हो । यसले युरोपेली देशको मानवअधिकारका विषयलाई हेर्ने गर्छ । जसको सदस्य रुस पनि रहेको छ । अदालतले रुसलाई यो घटनाबारेमा पहिले नै जानकारी रहेपनि त्यसलाई रोक्न पहल नगरेको आरोप समेत लगाएको छ । अदालतले सो बन्धक संंकट अन्त्यका लाग ट्यांक क्यानन्, ग्रिनेड लन्चरजस्ता ठूला हतियारको समेत प्रयोग गर्दा मृतकको संख्या बढेको जनाएको छ ।