नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

1134
views

काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । आज शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराउनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री नेतृत्वको यो पाँचौँपटकको मन्त्रिमण्डल विस्तार हो । देउवा नेतृत्वको मन्त्रिपरिषद ५४ पुगेको छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।