भारतले श्रीलंकालाई हरायो, विराट कोलही म्यान अफ दि म्याच

1657
views

भदौ,२७ । श्रीलंकासँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत विजयी भएको छ । कोलम्बोलमा बुधबार बेलुका भएको खेलमा भारतले श्रीलंकालाई सात विकेटले हराएको छ ।
भारतले एक सय ७१ रनको लक्ष्य चार बल बाँकी हुँदा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो । भारतको जितम कप्तान विराट कोहली नायक बने। उनले ५४ बलमा सात चौका र एक छक्काको मद्दतमा ८२ रन बनाए ।
यस्तै मनीष पाण्डेले ३६ बलमा नटआउ ५१ रन बनाए भने केएल रहुलले १८ बलमा २४ रनको योगदान दिए। यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेटको क्षतिमा एक सय ७० रन बनायो। उसका लागि दिलशान मुनावीराले ५३ तथा अशन प्रियाञ्जनले ४० रनको योगदान दिए। भारतक युजवेन्द्र चहलले तीन तथा कुलदीप यादवले दुई विकेट लिए। खेलको म्यान अफ दि म्याच भारतीय कप्तान कोहली बने।