धादिङमा दुई माईक्रोबस ठोकिदा १२ घाइते मध्ये दुई गम्भिर

379
views

नवदृष्टि संवाददाता
धादिङ, २९, भदौ । काठमाण्डौबाट भैहरहवा जाँदै गरेको लु १ ज ३१५० नं को माईक्रो बस र बुटवलबाट काठमाण्डौ आउँदै गरेको लु १ ज २७६१ नं को माईक्रोबस धादिङको सातकिलोमिटर भन्ने ठाउँमा ठक्कर खाँदा १२ जना घाईते भएका छन् भने दुईजना गम्भिर घाईते भएका छन् ।

गम्भिर घाईते बुटबलका सुर्य आलेमगर र नवलपरासीका सुरेश आलेमगरलाई थप उपचारको लागि काठमाण्डौ पठाइएको खानीखोला ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन निरौलाले बताए । दुई माईक्रो एकाआपसमा ठोकिदा सातकिलो स्थित सडकबाट २७६१ नं को माईक्रो बस ५० मिटर तल खोलामा खस्दा १२ जना घाईते भएका थिए । घाईते केहीे स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर फर्किएको केहीो उपचार भइरहेको र गम्भिर दुईजनालाई काठमाण्डौ पठाईएको निरौलाले बताए ।