बयालपाटामा हड्डीको प्रत्यारोपण सफल

2596
views

अछाम– जिल्लामै पहिलो पटक हड्डीको प्रत्यारोपण सफल भएको छ । जिल्ला स्थित सामुदायिक अस्पताल बयालपाटामा हड्डी प्रत्यारोपण सफल भएको हो । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ कि ४० वर्षीया कृष्णा बिस्टको दाहिने खुट्टामा हड्डीको सफल प्रत्यारोपण भएको हो । पाँच वर्षअघि लडेर दाहिने खुट्टाको हड्डी भाचिएको कृष्णाको बयालपाटा अस्पतालका हार्डजोर्नी बिशेषज्ञ डाक्टर मन्दिप पाठकको टोलीले सफल हड्डी प्रत्यारोपण गरेको हो ।
खुट्टा भाँचिएपछि उनले खुट्टको अत्तरियामा सल्यक्रिया गराइन् तर सञ्चो नभएपछि उनी बयालपाटा अस्पतालमा उपचार आएकी थिइन् । उनको शल्यक्रिया सफल भएको अस्पतालका डाक्टर बिकाश गौचनले बताए ।
अत्तरियामा शल्यक्रिया हुँदा करिब एक लाखको हाराहारीमा पैसा खर्च पनि भएपनि पाँच वर्षसम्म हड्डी राम्रोँंग नजोडिएको हिँड्न गाह्रो भइरहेको थियो । बयलपाटामा हाडजोर्नी सम्बन्धि निःशुल्क सेवा रहेको सुनेपछि यहाँ आएको उनको बताइन् । निःशुल्क सफल शल्यक्रिया भएपछि हर्षित भएकी उनले अब राम्रोसँग हिँड्न सक्ने् अपेक्षा गरिन् ।
यस्तो शल्यक्रिया बयालपाटा अस्पतालमा पहिलो पटक भएको चिकित्सा सेवा तथा शिक्षाका निर्देशक डा. विकास गौचनले बताए । उनका अनुसार कृष्णाको शल्यक्रिया गर्दै गर्दा जटिल अवस्थाको गर्भवती पनि आएकाले अर्को अस्थायी अपरेशन कक्ष बनाएर शल्यक्रिया गरी आमा र बच्चाको ज्यान जोगाउन सफल भएका छन् ।