थबाङ गाउँपालिका प्रमुख नेकपाको कब्जामा

377
views

नवदृष्टि सवाददाता
थबाङ, ३०, भदौ । अपहरीत बीरबहादुर घर्तीलाई नेकपाले अपहरण गरेको नेकपा रोल्पाका जिल्ला सेक्रेटरी जागृतिले बताएका छन् ।

थवाङमा जनसरकार क्रियाशील रहेको र जनसरकारको अनुमति विना प्रचण्ड–महरालाई थवाङ बोलाएको भन्दै अपहरण गर्नुपरेको पार्टी नाम मार्फत जागृतीले बताएका छन् । उनले छलफलको लागि बोलाइएको र समझदारीमा छलफल भएको बताए ।

जागृतिले पुरानो सत्ताको विरुद्ध जनपरिषद्को अधिवेशन राखेको कारण आवश्यक छलफल गर्नुपर्ने भएकोले घर्तीलाई बोलाइएको बताए । उनले भने अपहरण होईन छलफलका लागि बोलाएका हौं । गाउँपालिका प्रमुख भएकोले उहाँलाइ छलफलका लागि बोलाएका हौं ।