बालकको हत्यापछि कन्चनपुरमा तनाव, प्रहरीद्वारा ९ सेल अश्रुग्याँस प्रहार

761
views

महेन्द्रनगर, ३०, भदौ । कन्चनपुरको हल्दुखालमा १३ बर्षीय बालकको हत्या भएपछि मृतकका आफन्तले हत्या गर्ने आशिष अधिकारीको घर गोठमा आगजनी गरेका छन् । आगो निभाउन पुगेका दमकललाई स्थानीयले अवरोध गरेपछि स्थिति तनावग्रस्त भएको थियो । आगजनी हुँदा गोठ पुरै जलेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ९ सेल अश्रुग्याँस हानेको छ । उनीहरुले प्रहरीलाई समेत ढुङ्गामुढा गरेका छन् ।
स्थिति तनावपूर्ण भएपछि समयसीमा नतोकी निषेधित क्षेत्र घोषणा गरिएको कंचनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताए ।
चारदिनदेखि हराइरहेका बालक तिलक चन्दको हत्या भएको अवस्थामा बुधबार शब भेटिएपछि परिवार र आफन्त आक्रोशित बनेका हुन् ।
स्कुलको खाजा खाने समयमा हराएका बालक चार दिन पछि स्कुलदेखि २ सय मिटरको दूरीमा रहेको खोलामा घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए ।
प्रहरीले हत्या गर्ने उनकै सहकर्मी आशिष अधिकारीलाई पक्राउ गरिसकेको छ । उनीसहित प्रकाश थापा र रमेश खड्कासमेत पक्राउ परेका छन् ।