मतदातालाई हप्काउँदै मतदान अधिकृतले नै भोट मागे

840
views

सिरहा, ३१, भदौ । सिरहाको लहान नगरपालिका वडा नम्बर २० स्थित ब्रम्हान गोरछारी मतदानस्थलका एकजना मतदान अधिकृतले काँग्रेसलाई भोट मागेपछि लफडा भएको छ ।
जनता ब्रम्हान गोरछारी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र (ख) का मतदान अधिकृत विनोद चौधरीले मतदानस्थलमै कांग्रेसको मत मागिरहेको अवस्थामा भेटिएका हुन् । साथै मतदान अधिकृतसँगै सोही ठाउँमा खटिएका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक लोकबहादुर दियालीले समेत मतदातालाई नै हप्काएका थिए ।
शुक्रबार बिहान मतदाता परिचयपत्र लिन मतदानस्थल पुुगेका लहान नगरपालिका २० निवासी मनोजकुमार महतोलाई उनले कांग्रेसको चुनाव चिन्ह रुख छापमा भोट दिन दबाब दिएका थिए ।
उनले आफूू मतदाता परिचयपत्र लिन आएको बताएपछि सर्वदलीय बैठक नबसी मतदाता परिचयपत्र बाड्न नमिल्ने बताएका थिए ।
महतोले मतदाता परिचय पत्र पाउनु आफ्नो अधिकार भएको बताएपछि उनले साँझ पाँच बजेभन्दा पहिले परिचयपत्र नदिने भन्दै हप्काएका थिए । पछि मतदान अधिकृत चौधरीले कांग्रेसलाई मतदान गर्न दबाब दिएको महतोले जानकारी दिए ।