राजधानीमा थाइ फेष्टिबल २०१७ को आयोजना

536
views

रिना खनाल
काठमाण्डौ, ३१, भदौ । राजधानीमा थाइ फेष्टिबल २०१७ को आयोजना गरिएको छ । महाराजगन्जको थाई रेसिडेन्टमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि थाइल्यान्डका राजदूत भाकाभात टान्स्कुलले फेष्टिबल आयोजना गर्नुको कारण पर्यटन, व्यापार र लगानीका माध्यमबाट नेपाल र थाइल्याण्डबीचको द्धिपक्षीय सहयोग आदानप्रदानलाई वृद्धि गर्नु रहेको बताए ।
त्यस्तै नेपालका पररास्ट्र सचिव शंकरदास बैरागीले थाइल्यान्ड–नेपाल बिचको पर्यटन र बाणिज्य साझेदारी बढाउने र अर्को भगवान बुद्ध, राजर्षी जनक र पशुपतिनाथको देश नेपालको संस्कृतिक र आध्यात्मिक पहिचानलाई थाईलेन्ड र संसारमा चिनाउने रहेको बताए । उहाले भुकम्पमा थाइ सरकारले गरेको सहयोग अथक रहेको पनि स्मरण गर्नु भयो ।

त्यस्तै कार्यक्रममा थाइ हस्तकलाका सामाग्रीहरु ,थाइ खाना लगाएत विभिन्न नृत्य तथा खेल समेत देखाइएको थियो । कार्यक्रममा विभिन्न देशका राजदुत, नेपाल पर्यटन बोर्ड, विभिन्न कुटनितिक बिभागका प्रमुख लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।