स्व. कालीभक्त पन्तको शालिक अनावरण

1681
views

विकास राज पौडेल
पर्वत, २, बैशाख । पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा प्रजातान्त्रिक सेनानी एवं संस्कृतविद स्वर्गीय कालीभक्त—कृष्ण पन्तको शालिक अनावरण तथा स्मृति भवनको उद्घाटन गरिएको छ ।
समाजमा बिधमान रहेको विभेदपुर्ण व्यवहारलाई हटाउन सामाजिक समाबेशी कार्यक्रम सञ्चालन गर्ने तथा नेपालको सामाजिक र सांस्कृतिक क्षेत्रका समसामयिक बिषय क्षेत्रको अध्ययन, अनुसन्धान गर्ने उद्देश्यले उक्त शालिक अनावरण तथा स्मृति भवन निर्माण गरिएको हो । ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएकोे आर.सि.सि कालिभक्त स्मृति भवनको छतमा ५ फिट अग्लो रहेको सो मुर्तिको अनावरण गरिएको हो ।
मुलुकको, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, साहित्यिक, खगोल शास्त्र र ज्योतिष बिषयमा गरिएका अध्ययन अनुसन्धान वा बिभिन्न बिषयका श्रष्ठाहरुलाई नियमित रुपमा सम्मान गर्ने तथा पुरष्कार प्रदान गर्नुका साथै अध्ययन अनुसन्धानको लागि अनुदान प्रदान गर्ने हेतुले आफुले कालीभक्त—कृष्ण पन्तको मुर्ति अनावरण तथा स्मृति भवन निर्माण गरिएको कालीभक्त पुत्र सोभाभक्त पन्तले बताए ।
कालीभक्त कृष्ण पन्तको योगदान
पर्वत जिल्लाको लिमिठानामा बि.स. १९६४ मा जन्मनुभएका कालीभक्त पन्त बाल्यकाल देखि नै सक्रिय, सृजनात्मक र जुझारु व्यक्तिका रुपमा परिचित हुने अवसर पाए । उनले २००७ सालमा प्रजातन्त्रको निमित्त अग्रणी भुमिका खेलेका थिए । उनी समाजमा व्याप्त छुवाछुत प्रथाका घोर बिरोधी थिए । ‘जातले मानिसमा अछुत हुदैन’ भन्ने मान्यता राख्ने कालीभक्तले छुवाछुत भेदको अन्त्य गर्ने अभियान समेत चलाएका थिए । उनै वीरयोद्धा व्यक्ति कालिभक्तको सम्झनामा घर परिवारले बिशेष कार्यक्रमको आयोजना गरि शालिक अनावरण एवं भवन उद्घाटनको कार्यक्रमको आयोजना गरेको थियो ।
सांसदले गरेको कालीभक्तको प्रशंसा
सांसद त्रयहरुको सहभागितामा कालीभक्त—कृष्णको भवनका साथै शालिक अनावरण गरेका हुन् । भवन उदघाटन तथा शालिक अनावरण गर्दै सासंद अर्जुनप्रसाद जोशीले कालीभक्त जस्ता मानिस ईतिहासमा बिरलै जन्मिने बताए उनले कालभिक्त प्रजातन्त्रका डिजाईनर रहेको भन्दै सोहीबेला काङग्रेसको झन्डामुनी आएका कालीभक्तको भुमीकाको प्रशंसा गरे । जोशीले कालीभक्तको बिचार र दृष्टिले आफुहरुलाई राजनीति गर्ने प्रेरणा मिलेको बताए । उनका किम्वदन्तिहरुलाई अनुसरण गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिदए । राणा बिरोधी आनदोलन गरेका कालिभक्तले राणा सरकारलाई परास्त पार्न नसकिने भएकोले युवाहरु जम्मा गरि संगठित भएको नेपाली काङ्ग्रेसले कालीभक्त जस्ता वीरयोद्धाको सम्मानमा कसुर नराख्ने बताए ।
कार्यक्रममा सांसद विकास लम्सालले कालीभक्त वीरयाद्धा भएको भन्दै समाज परिर्वतनमा उनले चालेको कदम र २००७ सालमा प्रजातन्त्र ल्याउनको लागि खेलेको अग्रणी भुमिकाको प्रसंशा गरे । सांसद लम्सालले मुलुकको परिवर्तनमा शहिदहरुले खेलेको भुमिका कसैले पनि भुल्न नहुने बताए । ‘कालिभक्त जस्ता व्यक्तिको त्याग र निष्ठाले मुलुक परिवर्तनमा ठूलो भुमिका खेलेको बताउँदै उनले भने हजार हजार काभिक्तले मुलुकको समृद्धि हुने बताए ।
बाग्लुङ क्षेत्र नं.२ का सांसद प्रकाश पौडेलले कालिभक्त उत्कृष्ट वीर योद्धा भएको भन्दै उनका उल्लेखनीय कृतिहरुलाई प्रतिष्ठानले बाहिर उतार्नुपर्नेमा जोड दिए । कालिभक्तको छुतभेद र कर्तव्य यसको ज्वलन्त उदाहरण भएको बताउदै छुतभेदले गर्दा नै पक्षपात भएको र देशका प्रत्येक जाती र व्यक्तिको मानसिकतामा राष्ट्रिय ममता जागृत हुन नसकेको बताउनुभयो । राष्ट्रिय रुपमा स्थापित हुनुभएका राजनितिक,इतिहासकार र लोक साहित्यका स्रष्टा स्व.कालीभक्त र उनकी श्रीमतीको नाममा स्थापना गरिएको उक्त प्रतिष्ठानको संरक्षण तथा सम्बर्धन गर्न सबैको साथ मिल्नेमा आशा व्यक्त गरे ।