एनआरएनए एसिया प्यासिफिकको उपसंयोजकमा पोखरेलको उम्मेदवारी

1807
views

जापान, १, असोज । गैरआबासीय नेपाली संघ जापानका पूर्वअध्यक्ष तथा गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका केन्द्रिय सदस्य पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।

अक्टोबर महिनामा हुने गैरआबासीय नेपालीहरुको ग्लोबन सम्मेलनमा एसिया प्यासिफिकको उप संयोजक पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेको पोखरेलले बताए ।

रोटरी क्लबको प्रतिष्ठित छात्रवृति रोटरी एम्बसोडोरियल प्राप्त गरि बिधार्थीको रुपमा २००४ मा जापान आएका पोखरेल जापानमा स्थापित नेपाली ब्यबसायिकका रुपमा परिचित रहेका छन् । पोखरेल सामिका ग्रुप कम्पनीका अध्यक्ष समेत रहेका छन् । उनी एन आर एन जापानको अध्यक्ष समेत रहेका थिए ।