नायिका प्रियंका लोक भिडियोमा

1969
views

असाेज, १ । नायिका प्रियंका कार्कीले पहिलोपटक लोकदोहोरीमा मोडलिङ गरेकी छिन् । उनले लोकदोहोरी गितको भिडियोमा पहिलो पटक मोडलिङ गरेकी छिन् ।

प्रियंकाले नविन भट्टराइ र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा मोडलिङ गरेकी हुन् ।

उक्त गित एक दशक भन्दा लामो समय लोकदोहोरी गीत लेखनमा सक्रिय शिव सुवेदीको शब्द तथा संगीतमा तयार भएको छ ।

भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । भिडियोको छायाँकन अर्जुन तिवारी र कोरियोग्राफी राजिब समिरले गरेका छन् ।