पर्वत प्रहरीद्वारा ५१ सय गाँजाका बोट नष्ट

819
views

शोभा कार्की
पर्वत, १, असोज । जिल्ला प्रहरी कार्यालय पर्वत मातहतका विभिन्न प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयहरुको कमाण्डमा विभिन्न स्थानहरुबाट ५१ सय गाँजाका बोट नष्ट गरेको छ ।
प्रहरीले लागू औषध नियन्त्रण कार्यक्रम अन्र्तगत विहादी गाउँपालिका, पैंयू गाउँपालिका, फलेवास नगरपालिका, कुश्मा नगरपालिका तथा मोदी गाउँपालिकाका विभिन्न स्थानहरुबाट गाँजाका बोट नष्ट गरेको हो ।
प्रहरीले गाँजा फडानी लागू औषध सचेतना कार्यक्रम तथा लागू औषध दुव्र्यसनी, निग्रानी समेत मातहतका ईकाइहरकबाट भैरहेको प्रहरी निरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।