आयल निगमका कार्यकारी निर्देशक खड्का निलम्बित

687
views

काठमाडौँ, २ असोज । सोमवार बसेको मन्त्री परिषदको बैठकले आयल निगमका कार्यकारी निर्देशक गोपल खड्कालाई निलम्बन गरेको छ । खड्का मुलुकका सातै प्रदेशमा इन्धन भण्डारणका लागि निगमले गरेको जग्गा खरिदमा भ्रष्टचारमा मुछिएका थिए ।
सोमबारको बैठकमा आपूर्तिमन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने प्रस्ताव क्याबिनेटमा लगेको र उनको प्रस्तावलाई अनुमोदन गर्दैै सरकारले उनलाई कार्यकारी निर्देशकको पदबाट निलम्बन गरेको हो ।