वन विज्ञान र भेटनरी कक्षा सञ्चालन गर्न महायज्ञ गरिने

583
views

महेन्द्र जिसी
पर्वत, १, असोज । फलेवास नगरपालिका–३ मा रहेको श्री जनसहयोगी माद्यमिक विद्यालयले वन विज्ञान र पशु विज्ञान सञ्चालनका लागि महायज्ञ गर्ने विद्यालयलले जनाएको छ ।
विद्यालयले माद्यमिक स्तरीय वन विज्ञान र भेटनरी कक्षा सञ्चालनका आर्थिक रकम जुटाउन महायज्ञको तयारी गरेको हो । विद्यालयले वाल योगेश्वर फाउण्डेशन त्रिपुरेश्वरको पहलमा महायज्ञ गर्न लागेको प्रधानाध्यापक गणेश बहादुर थापाले बताए ।
फाण्डेसनको एक हजार ८ स्थानमा महायज्ञ गर्ने लक्ष्य अनुसार जनसहयोगि माविमा महायज्ञको आयोजना हुन लागेको हो । सोमबार प्रमुख भागवत बाचक एवं फाउण्डेसन निर्देशक श्री वाल योगाचार्यले विद्यालयको अवलोकन गरेर स्थानीयसँग भेटघाट गर्नुभएको थियो ।
वाल योगाचार्यले विभिन्न सामाजिक तथा सेवादायिक संस्थाहरुको विकासा देश भ्रमण र स्थानीयसँग भेटघाट गरिरहेको बताउनु भयो ।
विद्यालयले जिल्लाभर एक हजार ८ संयोजक बनाएर महायज्ञ गराउने तयारी गरिरहेको महायज्ञ तदर्थ समितिका अध्यक्ष खडक बहादुर कार्कीले बताउनु भयो । विद्यालयमा प्रविधियुक्त शिक्षाको व्यवस्थापनका लागि महायज्ञको निवर्तमान शिक्षक महेन्द्र कार्कीले बताउनुभयो ।