प्रमाणु कार्यक्रम थप शशक्त बनाउदै उत्तरकोरिया

928
views

काठमाडौं, ३, असोज । उत्तर कोरियाले आफ्नो देशमाथि प्रतिबन्ध लगाउँदै जाने हो भने परमाणु कार्यक्रमलाई थप प्रभावकारी बनाउने चेतावनी दिएको छ ।
उत्तर कोरियाली विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै आफ्नो देशमाथि लगाइएको नयाँ प्रतिबन्धको कडा शब्दमा निन्दा गर्दै प्रतिबन्ध अनैतिक, अमानवीय र शत्रुतापूर्ण भएको जनाएको छ ।
उत्तर कोरियाले गत शुक्रबार जापानको समुद्री सतह माथिबाट मिसाइल परीक्षण गरेपछि संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको हो ।
सो प्रतिबन्धको निन्दा गर्दैै उत्तर कोरियाले इन्धन आपूर्ति समाप्त पार्ने उद्देश्य र आफ्नो देशको आयस्रोत बन्द गर्ने जस्ता नियत भएको भन्दै यस्ता प्रतिबन्धले आफ्नो देशलाई कुनै फरक नपार्ने चेतावनी दिएको छ ।