सिरहामा माओवादी ३, समाजवादी फोरम र राजपा २ र २ वडामा विजयी

662
views

लहान, ३, असोज । सिरहामा नेकपा माओवादी केन्द्रले तीन, संघीय समाजवादी फोरम र राजपा दुई÷दुई तथा नेपाली काँग्रेस र नेकपा एमाले एक र एक वडामा समूह सहित विजयी भएका छन् ।
पछिल्लो मतपरिणामअनुसार कर्जन्हा नगरपालिका १ र ३ को वडाध्यक्षमा माओवादी केन्द्रका क्रमशः मोहनबहादुर खत्री र कपलेश्वर यादव विजय भएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए ।
यस्तै अर्नमा गाउँपालिका–१ को वडाअध्यक्षमा माओवादी केन्द्रका गफार मियाँ ७२४ मत ल्याइ विजयी भएका छन् ।
जिल्लाको कल्याणपुर नगरपालिका १ र २ को वडाध्यक्षमा राजपाका क्रमशः विशेश्वर मुखिया र जयराम कामती विजयी भएका छन्।
यस्तै औरही गाउँपालिका–१ को वडाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका तुलसी ठाकुर र भगवानपुर गाउँपालिका १ को वडाध्यक्षमा सोही पार्टीका बद्रीनारायण यादव विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै धनगढीमाई नगरपालिका–१ के वडाध्यक्षमा एमालेका सूर्य नारायण महतो र लहान नगरपालिका–२ को वडाध्यक्षमा नेपाली काँग्रेसका शियाराम यादव वजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।