उत्तर कोरियालाई ध्वस्त बनाउने अमेरिकी राष्ट्रपतिको चेतावनी

राष्ट्रसंघीय महासभामा अमेरिकी राष्ट्रपतिको सम्बोधन

1659
views

असोज ४ गते – संयुक्त राष्ट्रसंघका महासचिव, विश्वका नेतागण तथा यस महासभामा सम्मानित प्रतिनिधिहरूलाई न्युयोर्कमा स्वागत छ । मेरो गृह नगरमा अमेरिकी नागरिकहरूको प्रतिनिधिका रूपमा विश्वका मानिसहरूलाई सम्बोधन गर्न पाउँदा मलाई निकै गौरव महसुस भइरहेको छ । हाम्रो देशका लाखौँ मानिसहरू हार्बे र इर्माजस्ता समुद्री आँधीबाट प्रभावित भइरहेका वेला आँधीपीडितलाई सहयोग प्रदान गर्ने विश्व समुदायप्रति आभार व्यक्त गर्न चाहन्छु । अमेरिकी नागरिकहरू दृढ र लचकदार छन् । उनीहरू यसअघिभन्दा अझै बढी दृढ भएर आँधीपछिको पीडाबाट अगाडि बढ्ने मेरो विश्वास छ।
सौभाग्यवश, गत नोेभेम्बर ८ मा सम्पन्न राष्ट्रपति निर्वाचनपछि अमेरिकाले धेरै राम्रो काम गरेको छ । हाम्रा नियामक निकाय र अन्य सुधारका कारण बेरोजगारदर १६ वर्षयताकै सबैभन्दा तल्लो बिन्दुमा झरेको छ । यसअघिको तुलनामा अमेरिकामा धेरैभन्दा धेरै मानिसहरूले रोजगारी पाएका छन् । पुनस्र्थापना भएका कम्पनीहरूले रोजगारी वृद्धि गरेका छन् । हामीले सैन्य र रोजगारीका क्षेत्रमा सात सय अर्ब डलर खर्च गर्दै छौँ । हाम्रो सेना इतिहासमै अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हुँदै छ ।
हाम्राअगाडि देखिएका निकै गम्भीर खतराहरू र त्यसलाई समाधान गर्ने उपायबारे सम्बोधन गर्दै छु । हामी असामान्य अवसरको घडीमा बाँचिरहेका छौँ । विज्ञान, प्रविधि र औषधिमा भएका ब्रेकथ्रुले विभिन्न रोग निको पार्नुका साथै हामीभन्दा पहिलेका पुस्ताले असम्भव सोचेको समस्या समाधान गरिरहेका छौँ । तर, हरेक दिन निम्तिने खतराले हाम्रा मूल्य र मान्यतालाई जोखिममा पारेको छ । अतिवादी र विखण्डनकारीले शक्ति जुटाएका छन् र सबै क्षेत्रमा विस्तार भएका छन् । संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्ने भ्रष्ट शासकहरूले अतिवादलाई समर्थन मात्र गरेका छैनन् मानवजातिका लागि नै सबैभन्दा विनाशकारी हतियारले अन्य राष्ट्र र ती देशका मुलुकहरूलाई जोखिममा पारेका छन् ।
आफ्ना कर्तव्य पूरा गर्ने, भाइचारा खोज्ने, अन्य मुलुकहरूलाई सम्मान गर्ने र यस अनौठो ग्रहका मानिसहरूको शान्तिको भविष्य अंगीकार गर्ने गौरवान्वित स्वतन्त्र राष्ट्रहरूको परिकल्पना नै हाम्रो आशा हो । शान्ति, स्वतन्त्रता, न्याय र मानवीय परिवारका लागि हामीहरू सँगसँगै संघर्ष गर्नेछौँ, सँगै बलिदान दिनेछौँ र एउटै मञ्चको छातामुनि उभिनेछौँ । यो नै संयुक्त राष्ट्रसंघको सच्चा दृष्टिकोण र विश्वको सन्देश हो ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना देशका असल नागरिकहरूमाथि असह्य पीडा र दुःख लादेका छन् । मदुरो भेनेजुएलाका पछिल्ला तानाशाह हुन् । हालै भेनेजुएलामा सम्पन्न संविधानसभाको निर्वाचन कुनै हालतमा पनि विश्व समुदायलाई स्वीकार्य छैन । निर्वाचनले त्यहाँका नागरिकको स्वतन्त्रता हरण गरेको छ । भेनेजुएला सरकारका क्रियाकलापप्रति हाम्रो पूर्ण रूपमा असहमति छ । त्यहाँका नागरिकहरूमा पुनः स्वतन्त्रता स्थापित गर्न र प्रजातन्त्र पुनस्र्थापना गर्ने विश्व समुदायको साझा लक्ष्य छ । भेनेजुएलामा विश्वासिलो ढंगले समाजवाद पालना गरिएको छ, तर त्यसले समाज र देशमा सकरात्मक प्रतिक्रिया ल्याउन सकेको छैन, जसका कारण त्यहाँ समस्या मात्र सिर्जना भएको छ ।
उत्तर कोरियाको आणविक हतियार र ब्यालिस्टिक मिसाइलको अविवेकी खोजीले सम्पूर्ण विश्वलाई नै चुनौती दिएको छ । त्यो आणविक कार्यक्रमले सम्पूर्ण मानवजातिकै अकल्पनीय क्षति हुने खतरा झन् बढेको छ । उत्तर कोरियाले आगामी दिनमा पनि निरन्तर रूपमा उत्तेजक कार्य गरेमा प्योङयाङलाई पूर्ण रूपमा ध्वस्त गर्नुको विकल्प छैन ।
राष्ट्र संघको नेतृत्वमा यस सम्मेलनमा सहभागी विश्वका शक्तिशाली मानिसहरू विश्वका खराब र जटिल समस्याको समाधान गर्न सक्षम छन् । विश्वमा भएका जल्दाबल्दा समस्याबारे राष्ट्रसंघ सबैभन्दा बढी जिम्मेवार छ । विश्वभरका मानिसको आत्मसम्मान र स्वतन्त्रताको प्रभावकारी वकालतका लागि राष्ट्रसंघ सबैभन्दा बढी जिम्मेवार छ ।

अमेरिकाको इरानसँगको आणविक सम्झौताले तेहरानलाई सम्भावित आणविक कार्यक्रम सञ्चालन गर्न एउटा बाहिरी आवरण प्रदान गरेको छ । इरानले निरन्तर रूपमा अस्थिरता निम्त्याउने कार्य गरेमा र आणविक गतिविधिलाई निरन्तरता दिएमा अमेरिका ऊसँग भएको सम्झौता पालना गर्न बाध्य हुनेछैन । अमेरिकाले इरानसँग इतिहासमै सबैभन्दा खराब र एकपक्षीय (इरान पक्षीय) कारोवार गरेको छ । इरानी नेताहरूले अमेरिकाले दिएको अन्तिम चेतावनीलाई सुनेका छैनन् । इरानी नेताहरूले अब ममाथि विश्वास गर्नुहोस् ।
विश्वमा लाखौँ मानिसहरूको मृत्यु, दशौँ हजारको यातना र अन्य दशौँ हजारको दमनको मुख्य कारण उत्तर कोरियाली नै भ्रष्ट मुलुक हो । उत्तर कोरियाली शासकको प्रत्यक्ष निर्देशनमा कोरिया पुगेका अमेरिकी छात्र ओटो वार्म्वियरलाई चरम यातना दिएर हत्या गरिएको छ । उत्तर कोरियाको आणविक हतियार र ब्यालिस्टिक मिसाइलको अविवेकी खोजीले सम्पूर्ण विश्वलाई नै चुनौती दिएको छ । उत्तर कोरियाको आणविक कार्यक्रमले सम्पूर्ण मानवजातिकै अकल्पनीय क्षति हुने खतरा झन् बढेको छ । आणविक द्वन्द्वले विश्वलाई जोखिममा पारेको मुलुकसँग केही मुलुकहरूले आर्थिक र वित्तीय कारोवार गर्दै उसलाई समर्थन गर्नु लाजमर्दो कार्य हो । उत्तर कोरियाले आगामी दिनमा पनि निरन्तर रूपमा उत्तेजक कार्य गरेमा प्योङयाङलाई पूर्ण रूपमा ध्वस्त गर्नुको विकल्प छैन । अमेरिकाले उत्तरकोरियाका उत्तेजक कार्यप्रति अहिलेसम्म ठूलो संयमता देखाइरहेको छ । रकेट म्यान किम जोङ उन अहिले आत्महत्याको अभियानमा छन् ।
शान्ति, स्वतन्त्रता, न्याय र मानवीय परिवारका लागि हामीहरू सँगसँगै संघर्ष गर्नेछौँ, सँगै बलिदान दिनेछौँ र एउटै मञ्चको छातामुनि उभिनेछौँ । यो नै संयुक्त राष्ट्रसंघको सच्चा दृष्टिकोण र विश्वको सन्देश हो । विश्वमा भएका जल्दाबल्दा समस्याबारे राष्ट्रसंघ सबैभन्दा बढी जिम्मेवार छ ।
हामीले हाम्रा देशहरू, यहाँका नागरिक र उनीहरूको भविष्यको रक्षा गर्नुपर्छ । युक्रेनदेखि दक्षिण चाइना सागरमा हाम्रो सार्वभौमसत्तामाथि भएका खतरा स्वीकार्य छैन । अमेरिकाले स्वदेश र विश्वका विभिन्न ठाउँबाट चुनौती सामना गरिरहेको छ । कानुन, सीमा, संस्कृतिको सम्मानलाई कायम राख्दै हामीबीच सहकार्य हुनु आवश्यक छ । हाम्रो सम्बन्धमा उथलपुथल ल्याउने र आतंक सिर्जना गर्ने्विरुद्ध एकजुट भएर मुकाबिला गर्नुपर्छ ।
म राष्ट्रपतिको पदमा रहुन्जेल अमेरिकी चासोको रक्षा गर्नेछु । तर, हाम्रो मुलुकमा कर्तव्य पूरा गर्ने सवालमा भविष्यको खोजीका लागि सबैको चासोलाई पनि महसुस गर्नुपर्छ, जहाँ सबै मुलुक सार्वभौम रूपमा समुन्नत र सुरक्षित हुनेछन् । संयुक्त राष्ट्रसंघको चार्टरमा उल्लेख भएका मूल्य र मान्यताको रक्षा र त्यसको पूर्णपालनाका लागि अमेरिका भाषणभन्दा पनि व्यवहारमा उतार्न चाहन्छ । हाम्रो स्वतन्त्रताको रक्षा र अन्य मुलुकहरूको स्वतन्त्रताका लागि अमेरिकाले अन्तिम मूल्य चुकाएको छ ।
अमेरिकामा मानिसहरूले अन्य मानिसको नियममाथि शासन गर्छन् र जनताहरू सार्वभौम हुन्छन् । मेरा देशका नागरिकहरूको सेवा गर्नका लागि म राष्ट्रपतिमा निर्वा्चित भएको हुँ । म जहिले पनि पहिलो नीतिको पक्षमा छु । जसरी तपाईंले आफ्नो देशलाई पहिलो प्राथमिकतामा राख्नुहुन्छ त्यसैगरी, मैले पनि अमेरिकालाई पहिलो प्राथमिकतामा राखेको छु ।
विभिन्न मुलुकहरूको समान संस्कृति वा सरकारको एउटै प्रणाली होस् भन्ने त हामी चाहन्नौँ । तर, सबै मुलुकहरूले सार्वभौसत्ताका कर्तव्यलाई पालना गर्नुपर्छ । सबै मुलुकहरूले आफ्ना देशका नागरिकको चासोप्रति सम्मान गर्नुपर्छ र अन्य सार्वभौम मुलुकको अधिकार पनि सम्मान गर्नुपर्छ । भगवान्ले सोचेजस्तो जीवनलाई भरिपूर्ण बनाउन र यस धर्तीका सबै मानिसहरूलाई समुन्नत बनाउन विभिन्न मुलुकहरूबीच ‘पारस्परिक सम्मान’को विचार अंगीकार गर्नुपर्छ ।
अधिनायकवादी सत्ताले मूल्य, प्रणाली र गठबन्धनलाई भत्काउन खोज्छन् । वास्तवमा मूल्य र प्रणालीले विश्वलाई द्वन्द्वबाट जोगाएको छ र द्वितीय विश्वयुद्धपछि विश्व स्वतन्त्रताप्रति ढल्किएको छ । गरिबी निवारण गर्दै विश्वलाई हिंसा र त्रासबाट जोगाउनुपर्छ । मेरो प्रशासनले रोजगारी र सैन्य रक्षाको खर्चमा वृद्धि गरेको छ । विभिन्न उद्योगधन्दा स्थापित भएका छन् ।