सप्तरीको सप्तकोशी नगरपालिकामा एमाले विजयी

630
views

नवदृष्टि संवाददाता
राजविराज, ५ आसोज । सप्तरीमा नेकपा (एमाले) को विजयी सुरुवात भएको छ । सप्तकोशी नगरपालिकाको प्रमुख, उपप्रमुखमा एमाले विजयी भएको हो । प्रमुखमा एमालेका उत्तम शर्मा र उपप्रमुखमा आशा चौधरी विजयी भएका छन् । शर्माले तीन हजार ३९ मत र चौधरीले तीनहजार दुईसय सात मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत राजेन्द्र लम्सालले जानकारी दिए । सप्तकोशी नगरपालिकाको ११ वटा वडामध्ये छ वटा वडामा एमाले प्यानल विजयी भएको छ भने पाँच वटा वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।