२ नम्बर प्रदेशका १८ तहको मतपरिणाम सार्वजनिक (कस्ले जिते कहाँ ?)

1242
views

काठमाडौं, ५, असोज । दुई नम्बर प्रदेशका स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ। मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये अहिलेसम्म १८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।
मतपरिणाम सार्वजनिक भएका १८ तहमा सबैभन्दा बढी कांग्रेसले ६ वटामा जित हासिल गरेको छ। कांग्रेसलाई पछ्याइरहेको एमालेले ४ वटा स्थानीय तहमा जित निकालेको छ भने नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल र नेपाल लोकतान्त्रिक फोरम समान २–२ वटा स्थानीय तहमा विजयी भएका छन्।
कांग्रेस
१.रौतहटको परोहा नगरपालिका
२.सप्तरीको विष्णुपुर गाउँपालिका
३.धनुषाको जनक नन्दनी गाउँपालिका
४.सिरहाको नवराजपुर गाउँपालिका
५.धनुषाको औरही गाउँपालिका
६.सर्लाहीको धनकौल गाउँपालिका

एमाले
१.सप्तरीको सप्तकोशी नगरपालिका
२.धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका
३.धनुषाकै बाटेश्वर गाउँपालिका
४.पर्साको पटेर्बा सुगौली गाउँपालिका

नेकपा माओवादी केन्द्र
१.सिरहाको कर्जन्हा नगरपालिका
२.सिरहाको अर्नामा गाउँपालिका

राजपा नेपाल
१.धनुषाको हंशपुर नगरपालिका
२.सर्लाहीको कौडेना गाउँपालिका

संघीय समाजवादी फोरम
१.सिरहाको विष्णुपुर गाउँपालिका
२.सिरहाको भगवानपुर गाउँपालिका

नेपाल लोकतान्त्रिक फोरम
१.सर्लाहीको विष्णु गाउँपालिका
२.रौतहटको इशानाथ नगरपालिका