बाबुरामले प्रचण्डलाई पञ्चायती भनेपछि…

६८ दलका नेता कार्यकर्ताहरुको उपस्थितिका बीच रिलेअनसन

762
views

नवदृष्टि संवाददाता
काठमाडौं २, बैशाख । दलीय चुनाव चिन्हका लागि अन्दोलनरत ६८ दलले रिलेअनसन सुरु गरेका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नयाँ शक्ति नेपाल लगायत ६८ दलका नेता कार्यकर्ताहरुको उपस्थितिका बीच रिलेअनसनको नयाँ शक्तिका डा.बाबुराम भट्टराई, देजमोका नेता कमल चौधरी लगायत संयुक्त संघर्ष समितिका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरे ।

६८ दलले स्थानीय तहमा निर्वाचन आयोग तथा स्थानीय तह निर्वाचन सम्बन्धी सरकारी तथा गैरसरकारी संघसंस्थाले संचालन गर्ने निर्वाचन शिक्षा, पर्यवेक्षण जस्ता सबै कार्यक्रम अवरोध गर्ने गराउने र आवश्यकता अनुसार धर्ना, जुलुस, सभा गर्ने कार्यक्रमहरु रहेका छन । रिले अनशनको उद्घाटन गर्दै नयाँ शक्ति नेपालका संयोजक संयोकजक डा. बाबुराम भट्टराईले आन्दोलनका सहयात्री सत्तामा पुगेपछि निरंकुशताको अभ्यास गर्न लागिपरेको आरोप लागएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ ‘प्रचण्ड’ नेतृत्को सरकारलाई ईङिगत गर्दै भट्टराईले यस्तो आरोप लगाएका हुन । उनले प्रचण्ड नेतृत्वको सरकारले पञ्चायती व्यवस्था फर्काउने धृष्टता गरेको आरोप लगाए । शनिबार बिहान शान्तिवाटिकामा रिले अनशनको सुरुवात गर्दै सबै दलहरुलाई निर्वाचन चिन्ह दिँदा मतपत्र लामो हुन्छ भनेर गरिने कुतर्कको औचित्य नहुने भन्दै ‘सबै दलहरु सबै जिल्लामा चुनाव लड्दैनन् । ७५ वटै जिल्लामा दर्ता भएका दलहरु ७ र ८ वटा मात्र भएको समेत जिकिर गरे ।
भट्टराईले प्रचण्ड नेतृत्वको सरकारले पञ्चायती व्यवस्थाबाट खोसेर ल्याएको अधिकार पुनः जनताबाट खोसेर पुरानै व्यवस्थामा फर्काउने धृष्टता गरेको समेत बताए । उनले जनआन्दोलनमा उत्रिएका जनतामाथि लाठी बर्साउनेहरु अहिले सत्ताको मुख्य अंशियार भएकाले कतै पञ्चायती व्यवस्था त फर्किने होइन भन्ने आशंका बढेको बताए । ‘ठूला दलहरुको दलीय सिन्डिकेटको विरोध गर्दै उनले भने ‘उनीहरु सत्तामा भएको बेला निर्वाचनमा दलीय चुनाव चिन्हसहित जाने अधिकार खोसेका छन् । यो एक ढंगको प्रतिक्रान्ति हो ।’