भु.पु. विद्यार्थीले गरे विद्यालयको सिंगारपटार

1068
views

दिप सागर पौडेल
पर्वत, ७ असोज । भुतपूर्व विद्यार्थीद्वारा खरेहा प्राविलाई रंगरोगन गर्ने खर्च जुटाएर विद्यालयलाई वेहुली झैं सिँगारपटार गरेका छन् ।

आफ्नो समाजमा रहेको विद्यालयलाई सोही विद्यालयमा पढेका भुतपूर्व विद्यार्थीहरुले रकमसँगै श्रमदान गरी विद्यालयमा रंगरोगन गरेका हुन । वडादसैंको अवसरमा विद्यालयको आर्थिक अवस्था कम्जोर भएका कारण जीर्ण विद्यालयलाई टालटुल समेत गरेका छन् । विद्यार्थीहरुले विद्यालयको वरपर रहेको झाडी समेत सफा गरेका छन् । विद्यालय रंगरोगनका लागि बनेको तदर्थ समितिका संयोजक नारायण प्रसाद शर्माले विद्यालयमा आर्थिक अवस्था कम्जोर भएका कारण आफुले पढेको विद्यालयको रंगरोगन गरेको बताए ।

शर्माले भने ‘चाडवाडको समयमा विद्यालय वरपरका घरगोठहरु सजिने आफुहरुले सानैदेखी क,ख, ज्ञ चिनेको विद्यालय छाप्रो जस्तो देखिने भएपछि रकमको जोहो गरी सिंगार पटार गरेको बताए ।

विद्यालयको रंगरोग तथा सरसफाईमा स्थानीयबासी, भुतपूर्व विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो । साथै आगामाी दिनहरुमा विद्यालयको शैक्षिक तथा व्यवस्थापकिय अवस्थामा सुधार गर्न समय दिने विद्यार्थीहरुले जनाएका छन् ।