काँग्रेस कटिबद्ध, गोपालमान प्रतिवद्ध, त्यसकारण प्रत्यक्ष चुनाव लड्छु–श्रेष्ठ

1806
views

नारायण विश्वकर्मा
स्याङ्जा, ७ असोज । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले नेपाली काँग्रेस कटिवद्ध रहेको र आफु प्रतिवद्ध रहेका कारण प्रत्यक्ष चुनाव लड्ने उद्घोष गरेका छन् ।
नेपाल सरकारका उपप्रधान एवंम् शिक्षा मन्त्री श्रेष्ठले अबको प्रत्यक्ष चुनाव लडने बताउँदै भने ‘देशमा देखिएका समस्याको समाधानका लागि नेपाली काँग्रेस कटिवद्ध पार्टी हो ।’ स्याङ्जाको गल्याङ बजारमा नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर ३ द्धारा आयोजित विजयादशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उनले यस्तो उद्घोष गरेका हुन् ।
श्रेष्ठले अझै केहीवर्ष सक्रिय राजनीती गर्ने स्पष्ट पार्दै संघ तथा प्रदेशको निर्वाचनमा पार्टीले जहाँ निर्देशन दिन्छ त्यहाँ आफुलाइ प्रत्यक्ष चुनाव लड्ने चाहाना रहेको उल्लेख गरे ।
उनले आँधीखोला हाइ ड्याम पनि छिट्टै निमार्ण हुने आश्वासन दिए । उनले आँधिखोला ड्यामबारे भने ‘यसको जिम्मा आफैले लिएर स्याङ्जालाइ समृद्ध बनाउँछु ।’ स्याङ्जा धार्मिक तथा पर्यटकिय क्षेत्र हो नेता गोपालमान श्रेष्ठले भने पर्यटकिय क्षेत्रको विकास गरेर स्याङजालाई संसारभर चिनाउँछु ।’