‘उज्यालो भएको छैन’ भन्दै राजन कार्की र पार्वती जिसी

1413
views

भुमि सुवेदी
बाग्लुङ, ८ असोज । लामो समयदेखि लोकदोहोरी क्षेत्रमा यात्रा गरेका लोक गायक तथा सर्जक राजन कार्कीले उज्यालो भएको छैन भन्दै पार्बती जिसीसँग रातभरी रहेको खुल्न आएको छ । लोक दोहोरी क्षेत्रमा छुटटै किसीमले चिनीने राजन कार्की त्यस्तो कला भएका ब्यतिm हुन जो पशुपति शर्मा, राम्जी खाँड, राजन ठकुरी, कुलेन्द्र बिश्वकर्मा, पुरुषोतम न्यैपाने, बद्री पङगेनी, बिमलराज क्षेत्री, बिष्णु खत्री, प्रजापति पराजुली राजन कार्कीभित्र पाईन्छ ।
यसरी लोक साङगितिक यात्रा गरिरहेका राजनले पार्वती जिसीसँग रहेको कुराले बजार तथा सामाजिक सञ्जाल तातेको हो । चर्चित गायिका पार्वत िजिसीले जाम जाम भन्दै गर्दा पनि राजन छुटिनै चाहेन्न । उनले पार्वतीलाई भन्दै थिए तिमीलाई आँखामा सजाएर राख्ने छु । राजन र पार्वती धेरै पहिलेबाट सँगसँगै यात्रा गरीरहेको सबैलाई थाहा नै छ । तर यो सबै कुरा राजन र पावतीबिच बास्तबिक जीवनमा घटेको घटना भने होइन । राजन कार्कीले धेरै गितमा स्वर दिएका छन् भने धेरै गितको शब्द लय तयार पार्ने गर्दछन ।
पछिल्लो समयमा रत्यौली निकै बजारमा छाहिरहदा उज्यालो भएको छैन गिती एल्बम र्भखरै सार्बजनिक भएको छ । उनले धेरै लोक दोहोरी त्यस्तै रत्यौलि गितमा आवाज दिने क्रममा पछिल्लो समयमा अर्काको झ्याउरे रत्यौलीमा स्वर भरेका छन । उक्त गितमा पार्वती जिसी र सन्तोस अधिकारीको स्वर रहेको छ ।
र्भखरै मात्रा सार्बजनिक भएको यो रत्यौलि गीतको शब्द घनश्याम रिजालको रहेको छ भने लय राजन कार्कीको हो । यस रत्यौलिको एरेन्ज बिस्वास नेपालले गरेका हुन भने गिती एल्बम सन्तोस अधिकारीको हो । सुमधुर स्वरका धनी राजन कार्कीले १० कलाकारको स्वर निकाल्छन् यसले पनि कार्की चर्चामा रहेका छन् ।