आमा

1185
views

कविता
-सुशिल भूजेल

आमा जन्म लिए तिम्रो कोखबाट
गाँस काट्यौ आमा भोकबाट
सास दियौआमा तिम्रो सासबाट
बाच्न सिकायौ आमा तिम्रो रगतबाट

अपार माया दिई प्रकृतीमा ल्याएउ आमा
तिम्रो त्यो न्यानो काखमा बास दियौ आमा
तिम्रो यादमा परदेशी भई बाचेको छु आमा
फेरि तिम्रो काखमा बास देउ न आमा

यादमा तिमी घुम्छ्याै आमा मनमा पनि तिमी
धर्तिमा पाइला टेकायौ आमा तिमीबाट जन्मी
कति माया गर्छेउ आमा आफ्नो ज्यान भन्दापनि
कसरी गनै आमा अपार छ माया गन्दापनि

प्रदेशी भए आमा तिम्रो साथबाट टाढा छु
आमा म त कसैको मायाको भाडामा छु
तिम्रो माया फ्रि छ अरुको माया किन्नुपर्छ
अरुको मायाको पाउनको लागि झुकि बिक्नुपर्छ ।।