धनुषाका १८ मध्ये १७ स्थानीय तहको नतिजा बाहिरियो

971
views

काठमाडौं–तेश्रो चरणमा भएको स्थानीय तहको निर्वाचन अन्र्तगत धनुषाका १८ मध्ये १७ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । १७ तहमध्ये ७ तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने ४ स्थानीय तहमा नेकपा एमाले माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले दुई दुई स्थानीय तहमा जित हासिल गरेका छन् ।
१) धनुषाको हंसपुर नगरपालिका प्रमुखमा राजपाका रामज्ञान मण्डल ३,३२० मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा पनि राजपाबाट रेणुदेवी झा ३२७६ मल ल्याएर निर्वाचित भएकी छिन् ।

२) मिथिला बिहारी नगरपालिका प्रमुखमा नेकपा एमालेका अनिलकुमार यादव र उपप्रमुखमा अनिताकुमारी साह विजयी भएकी छिन् ।
३) औरही गाँउपालिकामा नेपाली कांग्रेसका बम्ह्रादेव यादव २५६९ मत ल्याएर प्रमुखमा विजयी भए भने उपप्रमुखमा सोही दलबाट मिरा देवी सहनीले २४९४ मत ल्याएर विजयी भइन् ।

४) कमला नगरपालिका प्रमुखमा ४०२० ल्याएर रामउदगार गोइत विजयी भएका छन् । उपमेयरमा शिलादेवी मण्डल ४१०६ मत ल्याएर निर्वा्चित भएकी छिन् ।

५) क्षीरेश्वरनाथ नगरपालिका प्रमुखमा ५८९९ मत ल्याएर नेपाली कांग्रेसका योगेन्द्र पंजियार विजयी भएका छन् । उपप्रमुखमा सोही दलबाट ५६९८ मत ल्याएर रचना श्रेष्ठ विजयी भएकी छिन् ।

६) जनकनन्दिनी गाँउपालिका प्रमुखमा नेपाली कांग्रेसका अब्दुल वारिक शेख २७१७ मत ल्याएर विजयी भएका छन् । उपमेयरमा सोही दलबाट भारती कार्कीले ३०५१ मत ल्याएर विजयी भएकी छिन् ।

७) नगराइन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका परमेश्वर यादव विजयी भएका छन् भने उपप्रमुखमा रन्जुकुमारी साह विजयी भएकी छिन् ।

८) गणेशमान चारनाथ नगरपालिका प्रमुखमा ३१२७ मत ल्याएर रामबाबु यादव विजयी भएका छन् । उपप्रमुखमा भने माओवादी केन्द्रकी मिनाकुमारी यादव २६१० मत ल्याएर विजयी भएकी छिन् ।

९) जनकपुर उपमहानगरपालिकामा राजपाका लालकिशोर साह २०९९७ मत ल्याएर प्रमुख पदमा निर्वा्चित भएका छन् भने उपप्रमुखमा १६४३५ मत ल्याएर रिताकुमारी मिश्र निर्वा्चित भएकी छिन् ।

१०) बटेश्वर गाँउपालिका अध्यक्षमा नेकपा एमालेका डम्बर बहादुर राउत २३७७ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा पनि सोही दलबाट प्रमिला देवी २२९० मत ल्याएर विजयी भएकी छिन् ।

११) धनुषाधाम नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका बालेश्वर मण्डल विजयी भएका छन् । उनले ४४७३ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा पनि सोही दलबाट बिद्यादेवी भुजेल विजयी भएकी छिन् ।

१२) मिथिला नगरपालिका प्रमुखमा नेकपा एमालेका हरिनारायण महतो ६७४० मत ल्याएर विजयी भएका छन भने उपप्रमुखमा ६६६९ मत ल्याएर ताराकुमारी बस्नेत विजयी भएकी छिन् ।

१३) मुखियापट्टी मुसहरनिया गाँउपालिकाका प्रमुखमा ३५४० मत ल्याएर नेकपा एमालका मनोजकुमार यादव विजयी भएका छन् । उपाध्यक्षमा सोही दलबाट मीरादेवी महतोले ३५२७ मत ल्याएर निर्वा्चित भएकी छिन् ।

१४) सहिदनगर नगरपालिका प्रमुखमा माओवादी केन्द्रका उदयकुमार यादव ५०९१ मत ल्याएर निर्वा्चित भएका छन् भने उपप्रमुख पनि सोही दलबाट शिलादेवी कापरी विजयी भएकी छिन् ।

१५) धनौजी गाँउपालिका अध्यक्षमा नेपाली कांग्रेसका बद्री नारायण सिंह २४२० मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा सोही दलबाट रामवतीदेवी मण्डल २३२७ मत ल्याएर विजयी भएकी छिन् ।

१६) लक्ष्मीनिया गाँउपालिका अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका विन्देश्वर यादव ३५०४ मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा ३१९५ मत ल्याएर इन्द्रकलादेवी यादव विजयी भएकी छिन् ।

१७) सबैला नगरपालिकामा यतिबेला मतगणना भइरहेको छ ।

१८) विदेह नगरपालिका प्रमुखमा वेचन दास तत्मा विजयी भएका छन् भने उपप्रमुखमा निलमकुमारी देवी विजयी भएकी छिन् ।