अबरुद्ध बेनी–जोमसोम सडक खुल्यो

891
views

म्याग्दी, ९ असोज । पहिरोले अबरुद्ध बनेको बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि अबरुद्ध बनेको सडक सञ्चालनमा आएको हो । सडक अवरुद्ध भई सवारी सञ्चालन नहुँदा पर्यटक तथा सर्वसाधारणहरु समस्यामा परेका थिए । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रशिङ शेरचनले सडक खुलेपछि अवरुद्ध सवारकिासाधनहरु सञ्चालनमा आएका छन् ।
बेनी–जोमसोम–कोरला सडक आयोजना, सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी, नेपाली सेना र प्रहरीको पाँच दिनको पहलमा सडक सञ्चालन गरिएको हो । गजुरमुखी निर्माण कम्पनीको दुई वटा डोजर सडक मर्मतमा परिचालन गरिएको थियो । सडक खुलाउन नेपाली सेनाको रोहबरमा बिस्फोटक पदार्थ प्रयोग गरेर बलास्टिङ गरि पहिरो पन्छाईएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।