चलचित्र मेरी कुसुम प्रदर्शन हुँदै युएईमा

567
views

युएर्इ, बैशाख २ । रुद्राक्ष फिल्म र कन्सेप्ट भिजन फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिब्युटर्सको सहकार्यमा बनेको नेपाली चलचित्र मेरी कुसुमले शुक्रबार दुबर्इ पत्रकार सम्मेलन गरेको छ ।
नब नायक मोहन बोगटीको उपस्थितिमा उक्त पत्रकार सम्मेलन भएको हो ।
बिशेष नेपालको पाहाडी भाग म्याग्दी ,पोखरा बाग्लुङ्मा छायाँकन गरिएको प्रेम कथा एव एक्सन चलचित्र आउँदो मे ५ मा युएर्इका ९ वटा चलचित्र हलहरूबाट प्रदर्शन हुने भएको छ भने जेष्ठको २६ गते नेपालका बिभिन्नहरू लाग्ने तयारी रहेको फिल्मका नायक मोहन बोगटीले बताए ।
चलचित्रमा नायक मोहन बोगटी,नायिका हर्षिका श्रेष्ठ र नवनायिका सुदिप्ता अधिकारी तथा खलनायक राजकुमार थापाको मुख्य भूमिका रहेको छ । सुनिता शर्मा बोगटी निर्माता रहेको चलचित्र मेरी कुसुमलाई एनआर घिमिरेले निर्देशन गरेका हुन् ।