टेलिकमले दिने सेवा प्रभावकारी बनाउन संसदको विकास समितिको निर्देशन

778
views

काठमाडौं, ९ असोज । नेपाल टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन संसदको विकास समितिले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको समितिको बैठकमा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई बोलाएर छलफल गर्दै यस्तो निर्देशन दिएको हो ।
समितिले टेलिकमले दिने सेवा प्रभावकारी बनाउने विषमा छलफल गरेको थियो । ग्रामीण दूरसञ्चार विकास, कोषको प्रयोग, नेटवर्क विस्तार, गुणस्तर सुधार, दूरसञ्चारमा आधुनिक प्रविधिको प्रयोग, समस्या र चुनौतिका बारेमा सांसद्हरुले जिज्ञासा राखेका थिए ।
त्यस क्रममा सञ्चारमन्त्री बस्नेतले भने नजिकिँदै गरेका चाडपर्व र निर्वाचनलाई लक्षित गरेर टेलिकमले आफ्नो सेवालाई प्रभावकारी र भरपर्दो बनाउने तयारी गरिरहेको जानकारी दिए ।
टेलिफोन नपुगेका दुर्गम जिल्लामा दशैंपछि सेवा पु¥याउने सरकारको योजना रहेको मन्त्री बस्नेतले बताए ।