निक्कीलाई यौन दुव्र्यवहार गर्ने सुशील नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका संस्थाको साधारण सदस्यबाट निष्काशित

805
views

न्यूयोर्क । निक्की कार्कीलाई यौन र्दुव्यबहार गर्ने सुशील नेपाललाई नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका संस्थाले साधारण सदस्यबाट निष्काशित गरेको छ ।

गत सेप्टेम्बर २३ तारिखमा अमेरिकाको नर्थ क्यारोलिनामा बसेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा)को चौथो बिशेष आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । उनी नव निर्वाचित कार्यकारी उपाध्यक्ष थिए ।

उनलाई उक्त संस्थाको बिधानको धारा ५, परिच्छेद १ को उपधारा १ अनुसार कारवाही गर्दै निष्काशित गरेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा)का अध्यक्ष माधव ढकाल तथा महासचिब कृष्ण श्रेष्ठद्वारा जारी बिज्ञप्ति मार्फत जनाइएको छ ।

नेपालले २० बर्षीय युवा कलाकार निक्की कार्कीलाई गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लाेट शहरमा आयोजित नासा अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायिका निक्की कार्की माथि उनले यौन दुव्र्यहार गरेका थिए ।

पीडित कार्कीले सँस्थागत कारवाही ढिलो भएकोले आफूमा परेको पीडा सामाजिक सञ्जाल मुहार पुस्तिका (फेसबुक) मार्फत प्रत्यक्ष प्रसारणमा आफूले भोगेका कुराहरु र सुशील नेपालले भनेका कुराहरु आफ्ना दर्शक, शुभचिन्तक तथा विश्व भर छरिएर रहेका नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन् ।