राप्रपा पर्वतको जिम्मा पौडेललाई

786
views

अंजित सुवेदी
पर्वत, ९ असोज । पूर्व राप्रपा नेपाल एवं हालको राप्रपा पर्वतको आज बसेको बैठकले कार्यसमिति चयनसम्मका लागि प्रकाश पौडेललाई जिम्मेवारी तोकेको छ ।
नारायणदत्त भुसालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको पौडेलले जानकारी दिए । पार्टी विभाजनपछि पर्वतमा यस्तो निर्णय गरेको हो । बहुमत सदस्य सहित विभाजित राप्रपाले गरेको बैठकमा ठाकुर प्रसाद भुसाल, नारायणदत्त भुसाल र ठाकुर बम मल्ल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।