चितवनको ३ नम्वर क्षेत्रबाट लड्छु,–‘प्रचण्ड’

633
views

असोज १०, भरतपुर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी प्रतिनिधि सभाको निर्वाचनमा आफू चितवनको ३ नम्वर क्षेत्रबाट चुनाव लड्ने बताउनु भएको छ ।
मंगलबार बिहान चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आफू तीन नम्वर क्षेत्रबाट चुनाव लड्ने बताउनु भएको हो । पत्रकार सम्मेलनमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने र स्थानीय आवश्यकता अनुसार कतिपय स्थानमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरुसँग तालमेल गर्न सकिने पनि बताउनु भयो ।