नयाँ बर्षमा शुभकामना आदानप्रदान

539
views

पर्वत, २, । बैशाख फलेवास नगरपालिका–४ अन्र्तगत श्री उन्नतशील युवा क्लब थापाठानाले एक समारोहका साथ मेलपोखरीमा स्मारिका बिमोचन तथा नयाँ वर्षको अबसरमा शुभ कामना–आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा गाविस सचिव पूर्ण भण्डारी, नेपाली गाउँ कार्य समिति थापाठानाका अध्यक्ष थमन सिंह थापा, नेकपा एमाले पूर्व अध्यक्ष गंगानारायण श्रेष्ठ, नेकपा.माओबादी केन्द्रका अध्यक्ष राम भण्डारी “राजु“, राप्रापा केन्द्रिय सदस्य किशोर कुँवर तथा संस्थाका पूर्व अध्यक्ष बिक्रम भण्डारी लगायतले शुभकामना आदान प्रदान कार्यक्रममा नयाँ वर्षको अवसरमा सुख समृद्धिको कामना गरेका थिए । कार्यक्रममा समाज परिवर्तनमा क्लबले पु¥याएको योगदानको उच्च कदर गर्दै संस्था सफल बनाउनका मेहनत गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । कमल खत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सुनिता भण्डारीले स्वागत एवं नारायण खत्री सञ्चालन गरेका थिए ।