धुर्मुस–सुन्तली फाउण्डेशनलाई चारलाख सहयोग

701
views

नवदृष्टि संवाददाता
असोज, ११ गते । लुम्बिनी कपिलवस्तु दिवस अभियानले धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । अभियानले रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ मा रहेको सन्तपुरमा निर्माण भइरहेको एकीकृत नमूना सन्तपुर बस्ती निर्माणका लागि चार लाख २२ रुपैयाँ रकम सहयोग गरेको हो ।
अष्ट्रेलियामा रहेका अभियानका विश्व संयोजक इञ्जिनियर रामकुमार श्रेष्ठको पहलमा अष्ट्रेलियाका १९ जना र लुम्बिनी कपिलवस्तु प्रबद्र्धन विश्व अभियान, राष्ट्रिय समिति, इजरायलकी अध्यक्ष मीना वान्तवा राईको पहलमा इजरायलका १८ जना नेपालीहरुबाट उक्त रकम संकलन गरिएको थियो ।
सोही रकम एक कार्यक्रमकाबीच लुम्बिनी कपिलवस्तु प्रबर्धन विश्व अभियान काठमाडौँ, नेपालका अध्यक्ष डा. हरिकुमार श्रेष्ठ र सचिव निलेश अधिकारीले धुर्मुस सुन्तली फाउण्डेशनकै कार्यालयमा हस्तान्तरण गरेका हुन् ।
उक्त अभियानका बेल्जियम संयोजक दामोदर आचार्यको पहलमा ७ जनाबाट संकलन गरिएका रकम भने दर्शैँपछि उक्त फाउण्डेशनलाई हस्तान्तरण गरिने अभियानका नेपाल अध्यक्षले डा. श्रेष्ठले जानकारी दिए ।