संस्कृति र दशैंपर्व

980
views

–हिरामणि दुःखी
१. संस्कृतिको परिचय
विश्वप्रसिद्ध माक्र्सवादी साहित्यकार म्याक्सिम गोर्कीले संस्कृति भनेको मानवनिर्मित दोस्रो प्रकृति हो भनेका छन् । संस्कृति हरेक मानवसमाजमा कुनै न कुनै रूपमा अवस्थित छ । जसरी पृथ्वीमा प्राकृतिक सम्पदाहरू फरकफरक रहेका छन्, त्यसैगरी संस्कृति पनि मानिसको बसोबास, प्राकृतिक वातावरणसँगको घुलमिलसँगै फरकफरक प्रकारले निर्माण भएका छन् । फरकफरक अक्षांश र देशान्तरमा बसोबास गर्ने मानिसमा फरकफरक संस्कार र संस्कृति पाइन्छन् । अफ्रिकामा बसोबास गर्ने मानिस र साइबेरियामा बस्ने मानिसको खानपान, रहनसहन र भेषभूषा फरक हुन्छ । समुद्री किनारमा बस्ने मानिस र भूपरिवेष्ठित मुलुकमा बस्ने मानिसको जीवन फरक हुन्छ । वातावरण, हावापानी र भूबनोटले मानिसको चेतनामा पनि फरकपन ल्याइदिन्छ । त्यसैले मानिसले आफ्नो अनुकूलता र सापेक्षतामा संस्कृतिको निर्माण गरेको हुन्छ ।

संस्कृतिलाई अर्को शब्दमा मानिसको उत्पत्तिपछि उसको विकासप्रक्रियामा उसले गरेका श्रम र सिर्जनकार्यद्वारा मानवजातिकै थप निर्माण र विकासप्रक्रियाको प्राप्ति भन्न सकिन्छ । अर्थात् संस्कृति मानिसको गतिशील विकासप्रक्रियामा उसको सचेतन प्रयत्नद्वारा निर्मित विकसित प्रतिमान हो । क.माओले यसलाई ‘कुनै खास संस्कृति, कुनै खास समाजको राजनीति र अर्थव्यवस्थाको विचारधारात्मक प्रतिबिम्बन हो’१ भनेका छन् । भारतीय लेखक गोरख पाण्डे्यले ‘संस्कृति मानिसको त्यस्तो सचेतन र सामूहिक क्रियाकलाप हो, जसले उसलाई प्रकृतिको अचेतन व्यवस्थामाथि सोद्देश्य नियन्त्रण कायम गर्ने क्षमता राख्दछ’२ भनेका छन् । मान्छेले प्रकृतिका अरू जुनसुकै प्राणीभन्दा आपूmलाई पृथक् र सचेतन प्राणीका रूपमा विकास गर्नुको कारण उसले गरेको श्रमकार्य, प्रकृतिसँगको सङ्घर्ष र पछि मानवसमाजको विकासक्रममा गरेको वर्गसङ्घर्ष नै हो । यसबाट के कुराको पुष्टि हुन्छ भने मान्छेले आफ्नो विकासप्रक्रियामा प्रकृतिसँग भीषण टक्कर गरेर नै आफूलाई विकसित र समृद्ध तुल्यायो । उसले सचेतन प्रक्रियाद्वारा नयाँनयाँ प्रतिमानहरू खडा गर्दै गयो । तिनै प्रतिमानहरू नै अघिल्ला पिँढीका निम्ति संस्कृति बन्न पुग्यो ।

समाज विकासको क्रमसँगै संस्कृतिको निर्माणमा विचारधाराले पनि प्रभाव पारेको हुन्छ । जसरी वर्गसङ्घर्षले विभिन्न कालखण्डमा भिन्नभिन्न विचारको विकास ग¥यो, त्यसैगरी संस्कृतिप्रतिको बुझाई पनि भिन्न रूपले निर्माण भएको छ । अहिलेसम्म भौतिकवादी र अध्यात्मवादी दुई किसिमका विचारधाराको विकास भएको छ । संस्कृतिको निर्माण पनि त्यसैअनुरूप भएको छ । भौतिकवादी विचारधाराले संस्कृतिलाई मानिसको अनिवार्य उपज ठान्दछ र मानिस मात्रको विकास, उन्नति र प्रगतिका लागि सोहीअनुरूपको संस्कृति निर्माण गर्दछ । यसलाई जनवादी संस्कृति वा साम्यवादी संस्कृति भनिन्छ । अर्कोतर्फ अध्यात्मवादी दर्शनले संस्कृतिलाई पारलौकिक शक्तिको उपज ठान्दछ र त्यसअनुसार मानिसको पूर्वजन्म र पुनर्जन्मको कथासँग लगेर धर्मलाई जोडिदिन्छ । यसैले अध्यात्मवादीहरूले संस्कृतिलाई धर्मसँग जोड्ने भएकाले मानिसले एउटा कालखण्डबाट आफ्नो धर्म र जातअनुसार मनाउँदै आएका चाडपर्व, रीतिरिवाज, संस्कार र संस्कृतिलाई पनि धर्मसँग जोडेर मान्ने गरेका छन् । यसर्थ संस्कृतिको निर्माण पनि भिन्नभिन्न धर्मअनुसार भिन्नभिन्न रहन गएको छ ।

२. दसैंको सुरुआत स् मातृशक्तिको प्रभाव
दसैँ पर्व हिन्दू धर्मावलम्वीहरूको एउटा विशेष पर्व हो । यो आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ । प्रतिपदादेखि नवमीको रात्रीसम्म नवदूर्गा (मिथक)को पूजा गर्ने र दशमीका दिन विजयउत्सव मनाउँदै नवदूर्गाको प्रसादका रूपमा टीका–जमरा लगाउने गरिन्छ । यसलाई विजयपर्वका रूपमा बडादसैँ भनेर मनाउने प्रचलन छ । दस दिनसम्म मनाउने पर्व भएकाले दशमीबाट अपभ्रंश हुँदै दसैँ भएको हुनु पर्छ । त्यसपछि एकादशीदेखि पूर्णिमासम्म कोजाग्रत पर्व मनाइन्छ । कोजाग्रतको अर्थ हो, ‘को जाग्रतः’ । अर्थात् जाग्राम रूपमा रात बिताएर बस्नुपर्ने पौराणिक मान्यताअनुसार को जागा बस्छ भनेर कोजाग्रत भनिएको हो । दसौं दिनसम्म शूर र अशूर (मिथक)हरूका बीच लडाइँ भएर शूरहरूले आशूरीहरूलाई विजय प्राप्त गरेपछि पुनः आशूरीगणहरूले घात गर्न नपाऊन् भनेर जागा बस्ने प्रचलन रहेको हुन सक्छ ।
दसैं पर्वलाई मातृशक्तिको प्रभावका रूपमा लिइएको छ । किनकि नवदूर्गामा नौवटा फरकपरक देवीहरूको पूजा गरिनु त्यसैको प्रमाण हो । दूर्गा सप्तशतीमा भनिएको छ–
इत्थं यदा यदा बाधा दानवोत्था भविष्यति
तदा तदा वतीर्याऽहं करिश्यामि अरीक्षयम् । ३
अर्थात् जुनुजुन बेला आतङ्ककारी शक्ति बढेर शान्तिसुरक्षामा बाधा पु¥याउँछन्, त्यो त्यो बेला शक्तिका रूपमा आएर ती दुष्टहरूलाई नाश गरी सज्जनहरूलाई रक्षा गर्नेछु भनेर काली भगवतीले देवगणहरूसँग भनेको कुरा उल्लेख गरिएको छ । यसरी ती काली भगवतीका रूपमा प्रकट भएकी दूर्गादेवीले महिषासुर, शण्ड, मुण्डजस्ता दानवगणका नायकहरूलाई संहार गरेर देवगणको रक्षा गरेकाले शक्तिस्वरूप दूर्गाभवानी भनेर नौ दिनसम्म पूजा गर्ने प्रचलन बसालियो । नवदूर्गाको फरकफरक प्रकृतिको चर्चा गर्दै सप्तसती चण्डीमा भनिएको छ–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी
तृतीयं चन्द्रघण्टे ति कूष्माण्डेति चतुर्थकम्
पञ्चमं स्कन्धमातेति षष्ठं कात्यायनीति च
सप्तमं कालरात्रीश्च महागौरीति चाष्टम्
नवमं सिद्धिदात्री च नवदूर्गाः प्रकृतिता
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना ।४
अर्थात् दूर्गाको पहिलो रूपलाई शैलपुत्री बताइएको छ । उनलाई हिमालय पर्वतकी छोरीका रूपमा उत्पन्न भएको मानिएको छ । त्यस्तै, दोस्रो रूप ब्रह्मचारिणी हो, जुन तपस्विनीका रूपमा लिइन्छ । ब्रह्मको अर्थ तप ध्यानद्वारा देवत्व प्राप्त गर्नसक्ने शक्ति भनेर वर्णन गरिएको छ । तेस्रो स्वरूपलाई चन्द्रघण्टा भनिएको छ । यसलाई कल्याणकारीका रूपमा लिइन्छ । चौथो स्वरूप कुश्माण्डा हो । यो मुस्कानबाट प्राप्त भएकाले अन्धकारमा परेका देवताहरूलाई उज्यालो प्रकाश छर्दै आएको शक्ति स्वरूप मानिएको छ । पाँचौं स्वरूप स्कन्धमाता मानिन्छ । देवासुर संग्राममा स्कन्धकुमार, कार्तिकेयलाई देवताहरूको सेनापति मानिएको र तिनै शक्तिशाली स्कन्धकुमारकी आमा भएकाले स्कन्धमाता भनिएको हो । छैटौँ शक्तिमा कात्यायनीलाई लिइएको छ भने सातौँ शक्तिमा कालरात्रीलाई लिइएको छ । यिनीलाई चार हात भएकी, चम्किलो तरबार धारण गरेकी, सबलाई मार्नसक्ने कालका रूपमा लिइएको छ । आठौँ शक्तिको नाम हो महागौरी । यिनलाई शंखचक्रजस्तै गोरो वर्णकी बताइएको छ भने नवौँ शक्तिमा सिद्धिदात्रीलाई लिइन्छ । यिनलाई विभिन्न आठ नामका सिद्धि दिनसक्ने शक्तिका रूपमा वर्णन गरिएको छ ।
यसरी नौ दिनसम्म माथि उल्लेख गरिएका देवीहरूको महिमा गाउने, पूजा गर्ने र स्वस्ती गर्ने गरिन्छ । त्यसपछि दसौं दिनमा तिनै देवीहरूको पूजा गरी प्राप्त भएको प्रसादका रूपमा टीका–जमरा लगाएर मान्यजन वा ठूलाबडा भनिएकाहरूबाट आशीर्वचन लिएपछि वर्षभरि सुखशान्ति, धनधान्य, ऐश्वर्य आदि प्राप्त हुने कुरा पौराणिक ग्रन्थ चण्डी सप्तसतीको महिमामा बताइएको छ ।

यहाँ बुझ्नुपर्ने अर्को तथ्य के छ भने वैदिक कालमा सबैभन्दा ठूला मान्यजन भनेर ब्राह्मणलाई लिइएको छ । ब्राह्मणलाई वेद पढ्नु, धार्मिक ग्रन्थहरू पढ्नु, पूजा गर्नु, दानदक्षिणा लिनुदिनुजस्ता काम गर्ने वर्गका रूपमा लिइएको छ । त्यसैगरी, क्षत्रीलाई शासन गर्ने राजामहाराजाको वर्गमा लिइएको छ । त्यसैले दूर्गापूजा गर्ने काम ब्राह्मण अर्थात् पूरोहितपण्डितहरूको भएकाले सर्वप्रथम उनीहरूको हातबाट टीका–जमरा लगाउने र आशीर्वचन लिने गरेको पाइन्छ । त्यसपछि शासकका रूपमा रहेका राजामहाराजाहरूबाट टीका थाप्ने प्रचलन बसालियो । उन्नाईसौँ र बीसौँ शताब्दीसम्म आउँदा गाउँका जिमुवाल, मुखिया, पटुवारी, बडाहाकिम, बडघर, महतौँ आदि हुँदै घरमूलीका रूपमा रहेका वृद्धवृद्धाहरूबाट टीका लगाउने प्रचलन आएको छ । यसले दसैंपर्व दास संस्कृतिको प्रतीक भएको पुष्टि गर्दछ । अन्ततः घरमूली भन्नु पनि घरसत्ताको प्रमुख नै हो । यसले पनि दसैँ मनाउनु भनेको सामन्तवादी संस्कृतिको संरक्षण गर्नु हो भन्ने अर्थ जनाउँछ । चण्डी, दूर्गा सप्तशती आदि इत्यादि जेजति पनि आध्यात्मिक शास्त्र र कथाहरूमा वर्णित पात्रहरू छन् ती सबै मिथक हुन् । ती कुनै पनि इतिहासका घटनाक्रम र भौतिक पात्र पात्रा होइनन् । भौतिकवादीहरूले बुभ्mनुपर्ने कुरा यो हो ।

३. दशैँको सामाजिक प्रभाव
वर्तमान समयमा यो ‘विजयादशमी’ लाई सकिनसकी हिन्दू समुदायका मानिसहरूले मनाउँदै आएका छन् । वर्ष दिनको सबैभन्दा ठूलो चाडका रूपमा मनाइने भएकाले यो चाडलाई पारिवारिक मिलनका रूपमा पनि मनाइन्छ । देशविदेश गएका आफन्तजनहरू जहाँबाट जसरी भए पनि घरमा आउने, गाउँले दाजुभाइ, इष्टमित्र एकजुट हुने र नाचगान गर्ने, पिङ खेल्ने, मासुभात खाने आदि गरेर रमाइलो गरिन्छ । यसले एक हदसम्म सामाजिक वैमनस्यलाई तोडेर सद्भाव निर्माण गर्न मद्दत पु¥याउने गर्दछ । पारिवारिक तथा कुलकुटुम्बका बीच रहेका तिक्तताहरूलाई मेटाउन मद्दत पु¥याउँछ । वर्षभरि खाने धान, मकै, कोदो, दलहन बालीजस्ता अन्न भित्र्याउने समय भएकाले ऋतुगत हिसाबले पनि रमाइलो हुन्छ । यही मौसममा पर्ने चाड भएकाले केही समय भए पनि समाजमा शान्ति कायम भएको महसुस गर्न पाउनुजस्ता सकारात्मक पक्षहरू पनि छन् ।

यो संस्कारले समाजमा सामन्तवाद र दास मनोवृत्तिलाई पनि संरक्षण प्रदान गरेको छ । पहिलो त यी र यस्ता सबै धार्मिक परम्परा अन्धविश्वासमा आधारित रहेको र मान्छेलाई वैज्ञानिक चेतना दिनुको साटो आध्यात्मिक चेतना थोपर्ने भएकाले समाजमा सामन्तवाद मौलाउने अवसर मिल्दछ । अर्को कुरा ठूलाबडा र मान्यजन भन्ने नाममा ठूलो केलाई मान्ने ? कसैको उमेरलाई मात्र मान्दा त वृद्धवृद्धाहरूको सम्मान होला तर सामन्तवादी चिन्तन र व्यवहार भएका मान्छे उमेरले जति नै वृद्ध भए पनि त्यसलाई मान्नु कति नैतिक र औचित्यपूर्ण हुन्छ ? योभन्दा पनि अझ अर्को पक्ष भनेको यसले संरक्षण गर्ने सामन्तवादी राज्यसत्ता र सनातनी संस्कृतिको कुरा हो । हिन्दू परम्परामा राजालाई दैवीय अवतार भनेर शक्तिका रूपमा मान्ने चलन छ । त्यसैले राजामहाराजाको हातको टीका थाप्ने, गाउँका मुखिया, जिमुवाल, बडघर, महतौंहरूबाट टीका थाप्न जाने (यद्यपि अहिले त्यो लोप हुँदै गएको छ) जस्ता प्रचलनले सामन्तवादको संरक्षण मात्र नभई त्यो नै अपरिहार्य हो भन्ने संस्कारको विकास गराएको छ ।

अर्को पक्ष भनेको गरिबीभित्रको बाध्यताले निम्त्याउने सामाजिक अपराध, कुसंस्कार, शक्ति प्रदर्शन, आडम्बरजस्ता अपराधमनोवृत्तिको विकास हो । नेपाली समाज गरिबीको चरम अवस्थाबाट गुज्रीरहेको छ । सरकारले गरेको असमान विकासप्रक्रियाले उत्पन्न आर्थिक अभाव, पछौटे संस्कृति र सामाजिक उत्पीडनले गर्दा विपन्न वर्गलाई दसैं दशा भएर आउने गरेको छ । मान्छेको हरेक संस्कार र संस्कृति उसको आर्थिक अवस्थाले निर्धारण गर्दछ । वरपर छिमेकमा भएका इनेगिने सम्भ्रान्त परिवारको प्रभावले पार्ने नकारात्मक असरले गर्दा सकिनसकी प्रतिस्पर्धा गर्न बाध्य बनाउने गरेको छ । यसले गर्दा वर्ष दिनमा आउने चाडपर्व मनाउनकै लागि अलिअलि भएको घरबारीसमेत बन्धकी राख्नुपर्ने, ऋण गरेर ल्याएको धनपैसा फजुल खर्चमा उडाउनुपर्ने जस्ता कारणले जनता गरिबीको चपेटामा पर्दै जान बाध्य भएका छन् ।

यसैगरी, मिश्रित समाजमा एउटा धर्मसंस्कृतिको तडकभडकले अर्को धर्मसंस्कृतिका समुदायमा पार्ने नकारात्मक प्रभावले गर्दा साम्प्रदायिकता भड्काउने गरेको पाइन्छ । त्यसले सामाजिक सद्भावलाई समेत खलल पु¥याउने गरेको छ । देशका बहुसंख्यक जनताको घरमा बिहानबेलुका चुलोमा आगो पनि नियमित बल्न सकेको छैन । कमाइकाज गर्न विदेशमा गएर कुल्ली, चौकीदारी र भाँडा माझ्नेजस्ता घरेलु काममा लाखौँ युवा जनशक्ति डुबिरहेको छ । त्यसले वर्ष दिनसम्म गुलामी गरेर पनि दुईचार सय रकम घरमा ल्याउन सक्दैन । गाउँमा काम गर्ने ठाउँ छैन । ठूलाबडा भनिएका शोसक सामन्तहरूको शोषण, दमन, अत्याचार ज्यूँका त्यूँ छ । देशले एउटा राजनीतिक निकास दिनसकेको छैन । अग्रगामी र पश्चगामी दलहरूबीचको द्वन्द्व यथावत् छ । यस्तो बेला मुठीभरका शासक र सामन्तहरूको पछि लागेर अन्धविश्वासी चाड मनाउनुको के अर्थ छ ? फेरि पौराणिक कथालाई आधार मान्ने हो भने पनि यो दैत्य र दानवहरूको राज चलेको बेला मेहनतकस श्रमजीवी जनताले विजयादशमी मनाउनुको के अर्थ रहन्छ ? जहाँ आफ्नो वर्गको विजय भएकै छैन ।

४. चाडपर्वलाई कसरी बुझ्ने ?
जुनसुकै पर्वहरूको पौराणिक इतिहास हेर्ने हो भने यस्ता पर्वहरू कि तात्कालीन वर्गसङ्घर्षबाट पैदा भएका छन्, कि त प्रकृतिसँगको सङ्घर्ष गर्ने क्रममा अचेतन अवस्थाबाट जन्मिएका छन् । वर्गसङ्घर्षमा एउटा वर्गको विजय हुँदा त्यस वर्गले विजयउत्सव मनाउँदा चाडपर्वको रूप लिएको छ । आफ्नो वर्गको विजयपर्व त्यो विजेता वर्गले पराजित वर्गलाई पनि जबर्जस्त मान्न लगाएको पाइन्छ । जस्तो म¨ोलियन समुदायका गुरुङ, मगर र अस्ट्रो द्रबिड जातिका थारूहरूले दसैँ मान्नु पनि विगतको दुई सय ४० वर्षीय सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्थाको उपज थियो । यो सांस्कृतिक रूपबाट गरिएको वर्गीय उत्पीडन हो, यो अध्यावधी कायम छ । देशमा सामन्तवादी राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना हुँदा पनि हाम्रो देश हिन्दू राज्यकै अवस्थाबाट मुक्त हुन सकेको छैन । राज्यले अरू जाति र धर्मका पर्वहरूको तुलनामा दसैँ तिहारमा बिदा धेरै दिनु, सरकारी तलबमा थप भत्ता दिनु, नेपाली सेनाले दसैँमा हर्ष बढाईं गर्नु, विभिन्न शक्तिपिठहरूको पूजा अर्चना गर्न र बलि दिन राज्यकोषबाट रकम उपलब्ध गराउनुजस्ता कार्यहरू सामन्तवादी हिन्दू राज्यका प्रमाण हुन् । त्यसैगरी राजाले जस्तै राष्ट्रपतिले दसैंको टीका थाप्न जनतालाई आह्वान गर्नु र हिन्दू धर्मका विभिन्न पर्वहरूमा सक्रिय सहभागि भएर हिजोका दिनमा राजाले गर्ने कार्य गर्नु जस्ता कुराले राष्ट्रपति हिन्दू धर्मावलम्बीहरूका मात्र भएको अनुभूति हुन्छ ।

यसले संविधानमा धर्म्निरपेक्ष राज्य घोषण गरे पनि राज्यसत्ता हिन्दू अतिवादीहरूकै हातमा छ भन्ने कुरा जनाउँछ ।
कुनै पनि हिन्दू वा अन्य धार्मिक चाडपर्वहरू र संस्कारहरूलाई माक्र्सवादीहरूले मान्दैनन् । माक्र्सवाद भनेको भौतिकवादी दर्शन हो । धर्म, संस्कार र चाडपर्वहरू भनेका अध्यात्मवादी विचारका तत्वहरू हुन् । अध्यात्मवादले ‘ब्रह्म सत्य, जगत् मिथ्या’ भन्दछ । अर्थात् यसले वस्तुजगत्लाई असत्य ठान्छ भने ईश्वरीय शक्तिलाई सत्य ठान्छ । यो कुरा विज्ञानको विकासले सोहै«आना गलत साबित गरिसकेको छ । धर्म, चाडपर्व र संस्कारहरू पौराणिक मिथक हुन् । यसका कुनै प्रामाणिक आधारहरू छैनन् । कविलाई अवस्थाका मानिसले अल्पचेतनाका कारण तात्कालिक परिवेशमा प्रकृतिसँग जुध्न कल्पनाको सहारा लिएर लीलाको कल्पना गरे । त्यही श्वैरकल्पनामा आधारित लीलालाई एकपछि अर्को पुस्ताको मानिसले श्रुतिस्मृतिका रूपमा सुन्दै र पछ्याउँदै जाँदा संस्कृतिको रूप लिएको हो । पछि गएर शासकहरूले धर्मका रूपमा प्रचार गरे । त्यसको उद्देश्य थियो, जनतालाई अन्धविश्वासमा रुमल्याएर आफ्नो शासनसत्ता टिकाउनु । त्यो बेला धर्मलाई राज्यको मूल कानून मानिन्थ्यो । अहिलेको भौतिकवादी विज्ञानले त्यो मिथकलाई उद¨याएर छर्लङ्गै पारिसकेको छ । त्यसैले कम्युनिस्टहरू भौतिकवादी हुनुको नाताले यस्ता अन्धविश्वासी कुराहरूलाई मान्दैनन् र मान्नु पनि हुँदैन ।

यदि आपूmलाई सचेत कम्युनिस्ट सदस्य ठान्ने कुनै पनि व्यक्तिले दसैँ, तिहार आदि सबै आध्यात्मिक चाडपर्वहरू मनाउँछन् भने उनीहरूमा भौतिकवादी ज्ञान चेतनाको कमी भएको मान्नु पर्दछ । उनीहरूले वास्तवमा माक्र्सवादको दार्श्निक र सौन्दर्यशास्त्रीय पक्ष बुझेका छैनन् । फलस्वरूप उनीहरूले धर्म, संस्कार, संस्कृति, चाडपर्व आदिका बारेमा बुझ्न र विश्लेषण गर्न पनि सक्तैनन् । चाडपर्व, धर्म संस्कारप्रतिको विश्वास पूरै नहटिसकेकाले छरछिमेकी, नातागोता, परिवारका सदस्यहरू आदिको प्रभाव र दबाबमा पर्छन् र मान्दछन् । पार्टी नेता–कार्यकर्ता हुनु र भौतिकवादी हुनु फरक कुरा हो । एउटा मान्छे वैचारिक ज्ञानसिद्धान्तको अध्ययनले भौतिकवादी हुन सक्छ तर पार्टीका सबै कार्यकर्ता र नेता माक्र्सवादी भौतिकवादी नहुन पनि सक्छन् । त्यसैले त्यस्ता मान्छेहरूले चाडपर्व र परम्परावादी धर्म मान्दछन् । अझ अहिलेको राजनीतिक घटनाक्रमले त कम्युनिस्ट पार्टीहरूलाई सत्ता राजनीतिको चुनावी सङगठनका रुपमा मात्र सिमित गरिदिएको छ । अहिले नेपालका संसदवादी कम्युनिस्टहरू र अन्य पार्टीहरूमा विचारधारा, दर्शन र सांस्कृतिक मूल्यमा कुनै पनि भिन्नता छैन । एउटै विचार र दर्शनमा आधारित राज्यसत्ताको पक्षपोषण गर्दछन् । त्यसैले वर्तमान राज्यव्यवस्था स्वीकार गर्ने कम्युनिस्ट पार्टीहरूले यस्ता पौराणिक मिथकमा आधारित पर्वहरूलाई मनाउनु कुनै अनौठो विषय भएन ।

अर्को कारण हो, चुनावी राजनीति । संसदीय व्यवस्थामा चुनावी भोटबैंकको महत्वपूर्ण स्थान हुन्छ । चाडपर्व, धर्म–दर्शन र परम्परावादी संस्कार मान्ने जनताको मन जित्न र आपूmप्रति जनतालाई आकर्षित गर्न पनि जनताले जे गर्छन्, त्यो मानिदिनु पर्छ भन्ने तर्कका आधारमा नेताहरूले यस्ता मिथकहरूलाई मान्ने गरेका छन् । यो त संसदवादी अवसरवाद हो । एउटा अग्रगामी विचार अँगालेको पार्टीका नेताकार्यकर्ताले चुनावी रणनीतिभित्र भौतिकवादी चेतनालाई समर्पण गर्न हुन्छ कि हुँदैन ? समाज परिवर्तन अग्रगामी विचार फैलाएर हुन्छ वा यथास्थितिवादी संस्कृतिको पछि लागेर हुन्छ ? यदि भौतिकवादी विचारलाई स्पष्टैसँग बुझिबुझीकन पनि अध्यात्मवादी विचारलाई मान्दै जाने हो भने कसरी पूरातनवादी विचारमा परिवर्तन आउँछ ?

५. उपसंहार
दसैँपर्वको आधार भनेको दार्श्निक रूपमा अधिभूतवाद र आध्यात्मिक आदर्शवाद, राजनीतिक रूपमा सामन्तवादी राज्यव्यवस्था र व्यावहारिक रूपमा अन्धवाद, पूरोहितवाद, ब्राह्मणवाद हो । यसले दाससंस्कृतिको पक्षपोषण गर्दछ । भौतिकवादका विरुद्ध पारलौकिक शक्तिमा विश्वास गर्न सिकाउँछ । यसले गर्दा शासकवर्गबाट गरिएका सबै प्रकारका शोषण, उत्पीडन र दमनका विरुद्ध सङ्घर्ष गर्नु हुँदैन बरू यो त पूर्वजन्ममा पापकर्म गरेकाले यस जन्ममा प्राप्त गरेको फल हो भनेर सन्तुष्ट रहन सिकाउँछ । साथै दसैँलगायतका सबै आध्यात्मिक पर्वहरूले शक्तिको पूजा गर्न सिकाउने र शासकवर्ग स्वयम् शक्तिशाली वर्ग भएको हुँदा त्यसको स्तुति गाउने र त्यसलाई सम्मान गर्नुपर्ने चेतना निर्माण गर्दछ । सारतः सबै धर्मका मौलाना, पादरी, पण्डित, ब्राह्मण, धर्मगुरु आदि जेजस्ता नामका धार्मिक पूरोहितहरू भए पनि तिनीहरूलाई सम्मान गर्नु, चाकडी गर्नु र उनीहरूको विश्वास गर्नु भनेको अन्धवाद हो । यसैले दसैँका अवसरमा ईश्वरप्रतिको भक्ति र प्रसादका रूपमा ग्रहण गरिने टीका–जमरा र आशीर्वादले सामन्तवादको संरक्षण गर्दछ । यिनै सामन्तवादी पर्वहरू नै संस्कृतिका रूपमा विकसित भएका छन् ।

यसरी सारतत्वमा भन्नुपर्दा संस्कृतिलाई समस्त मानवजाति र मानवीकरणको स्तरको परिचयका रूपमा संश्लेषण गर्न सकिन्छ । यो मानवसभ्यताको विकासक्रम सँगसँगै विकसित हुँदै र परिमार्जित हुँदै जान्छ । कविलाई युगको संस्कृति सामन्तवादी युगमा आउँदा परिस्कृत भएर आयो भने सामन्तवादी युगको संस्कृति पुँजीवादी र साम्राज्यवादमा आउँदा अझ विकसित भएर आयो । अब समाजवादी एवम् साम्यवादी संस्कृतिमा फड्को मार्नका लागि नयाँ वर्गसङ्घर्षको सुरुआत भएको छ । समाजवादी संस्कृतिमा जाति, वर्ग, लि¨, क्षेत्र, धर्म, सम्प्रदायका आधारमा विभेद गर्ने संस्कृतिको अन्त्य हुनेछ, जहाँ सम्पूर्ण प्रकारका शोषण, उत्पीडन र विमानवीकरणको अन्त्य हुनेछ र सुन्दर संसारको निर्माण हुनेछ । त्यसपछि सम्पूर्ण मानवजाति अन्तर्रा्ष्ट्रिय जातिमा बदलिने छन् । राज्यसत्ता, धर्म, अड्डा, अदालत, कानून, फौजी शक्ति सबैको अन्त्य हुनेछ । तसर्थ सामन्तवादी एवम् पुँजीवादी साम्राज्यवादी संस्कृति र धर्मको अन्त्य गर्न जरुरी मात्र नभई यो आजको युगको अनिवार्य शर्त बन्न गएको छ । यस्तो बेला भौतिकवादी विचारधारा अँगाल्ने समुदायले पूरातनवादी आध्यात्मिक संस्कृति, धर्म र चाडपर्व मनाउनु हुँदैन । त्यसको विकल्पमा जनताको विजयका उत्सवहरू, सङ्घर्षका गाथाहरू र मानिसले प्रकृतिसँगको सङ्घर्षमा गरेका वैज्ञानिक उपलब्धिलाई संस्थागत गर्ने र त्यसलाई नयाँ संस्कृतिका रूपमा स्थापित र विकसित गरेर लैजानु पर्दछ ।

सन्दर्भसूची
१. माओत्से तुङका उद्धृत उक्तिहरू २०६३, प्रगति प्रकाशन, नेपाल
२. चापागाईं, निनु, समाज र संस्कृति, २०६०ः५ सहस्राब्दी प्रकाशन प्रा.लि.
३. अर्याल, मदनप्रसाद, चण्डी दूर्गा सप्तशती पृ.४३–४४, नेपाली गद्य पद्य अनुवाद, चण्डेश्वरी प्रकाशन प्रा.लि.,काठमाडौं
४. उही
५. दुःखी, हिरामणि, जनसंस्कृति, वर्ष १, अङ्क १, ‘संस्कृति, धर्म र दसैँ पर्वबारे एक विवेचना’, एअनेजसां महासङ्घ, दाङ
यो विचार मुलबाटो अनलाईनबाट लिइएको हो ।