स्रोता दर्शकको माझमा ‘मुटुको ढुकढुकी’

1921
views

नवदृष्टि संवाददाता
पर्वत, ११ असोज । चर्चित युवा कलाकार अमिर सुवेदीको लय तथा गोपाल सापकोटा क्षत्रीको शब्दले सजिएको ‘मुटुको ढुकढुकी’ सार्वजनिक भएको छ । ‘बस न लुकि, दिलभित्रै लुकी, तिमी मुटु म मुटुको ढुकढुकी’ अवसर डिजिटल प्रा.लि.ले बजारमा ल्याएको हाे । सो गितमा चर्चित कलाकार देवी घर्ति र अमिर सुवेदीले स्वर दिएका छन् ।

मञ्च तताउने र स्रोता दर्शकलाई जुरुक्क जुरुक्क पार्ने उक्त गितका शब्दले शैलि, संस्कृति र वास्तविकतालाई उजागर गरेको छ ।
‘मुटुको ढुकढुकी’ छुट्टै परिवेशमा वास्तविकतालाई उजागर गरेको कलाकार अमिर सुवेदी बताउँछन् । सुवेदी भन्छन् ‘रेकर्डिङ, छायाँकन देखी बजारमा आउनुपूर्व ‘मुटुको ढुकढुकी’ को वास्तविकताले पार्ने प्रभावको निकै लेखाजोखा गरिएको थियो ।’ उक्त गित युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
उक्त गितको निर्देशन शिशिर श्रेष्ठ, छायाँकन मुकेश हुमागाई, सम्पादन अमृत चापागाईले गरेका छन् भने उक्त गितमा अन्जिता तामाङ र हरि थापाले अभिनय गरेका छन् ।