कलैयामा उपमहानगरपालिकामा काँग्रेस विजयी

1724
views

कलैया,११ असोज । यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी हुनुभएको छ ।
काँग्रेसका यादवले १० हजार ९०३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का विनोद साहले १० हजार ७१६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
त्यसैगरी उपप्रमुखमा काँग्रेसकै रहिना खातुन १० हजार ५३८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत प्राप्त गर्नुभएको छ ।