देवनारायणका बाबुछोरा भारतीय प्रहरीद्वारा पक्राउ

835
views

नवदृष्टि संवाददाता
असोज, १६ गते । अघिल्लो वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाँध्न आएका भारतीयको प्रतिकार गरेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनका छोरा अजय यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको सुनौलीमा पक्राउ परेका उनीहरुलाई भारतीय प्रहरीले अपहरणको मुद्दा चलाएको छ । उनीहरूलाई भारतको सुपौल जिल्लास्थित बीरपुर थानामा राखिएको बताइएको छ । भारतीय प्रहरीले पहिले छोरा अजय र त्यसपछि बाबु देवनारायणलाई पक्राउ गरेको हो ।
तिलाठीबासीले गतवर्ष सीमा अतिक्रमण गर्न आएका भारतीयको प्रतिकार गरेका यादवलाई प्रहरीले निगरानीमा राखेको र अहिले अपहरणको झुठो आरोपमा मुद्दा चलाएको उनले बताएका छन् । भारतीय प्रहरीका अनुसार पक्राउ परेका अजय अजयले भारतीय युवतीसँग हालै बिहे गरेको र केटी पक्षले अपहरण गरेको भन्दै उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । तिलाठीका बासिन्दाले भारतीय प्रहरीको आरोप झूठो भएको बताउँदै केटी अपहरणको जालसाजी गरी भारतीय अतिक्रमणविरुद्ध लडेका देवनारायणका बाबुछोरासँग बदला लिन खोजिएको बताएका छन् ।

 कसरी पक्राउमा परे देवनारायण ?
छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेको थाहा पाएपछि देवनारायण छोरालाई छुटाउन गएका थिए । देवनारायण सिमा क्षेत्र अतिक्रमणमा बाँध बाध्न आएका भारतीय प्रहरीलाई प्रतिरोध गर्ने मध्येका देवनारायण यादव थिए । उनी भारतीय प्रहरीको निगरानीमा रहेकाले उनलाई समेत पक्राउ गरिएको स्थानीयको भनाई छ । एकजना स्थानीयवसीनदाका अनुसार सुनौली गएका छोरा पक्राउ परेपछि छुटाउन गएका बाबुलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको हो । सिमा क्षेत्रको प्रतिकार गर्दा देवनारायण याद सामाजिक सञ्जालमा भाईरल बनेका थिए । जतिबेला उनी प्रतिरोध गरेपछि चर्चित बने त्यसरी नै देवनारायणका बाबुछोरा भारतीय प्रहरीले हतकडी लगाएको तस्बिरमा भाईरल बनिरहेका छन् ।
‘देवनारायण यादव नेपाली राष्ट्रियता तथा देशभक्तिपूर्ण आन्दोलनका एक खम्बा र नायक भन्दै उनको विनासर्त रिहाईको माग गरिएको छ । सीमानामा नेपालीहरुमाथि भैरहेका ज्यादतीको आम नेपालीहरुले निन्दा गरेका छन् ।