वर्तमान परिस्थिति र ध्येयमूलक राजनीतिको चुनौति

830
views

– परि थापा
दर्शन र राजनीति एकआपसमा जोडिएका अन्योन्याश्रित विषयवस्तु हुन । दर्शन भनेको विश्व दृष्टिकोण हो । अर्को शब्दमा भन्नुपर्दा दर्शनले जीवन र चराचर जगतलाई हेर्ने बुझ्ने, व्याख्याविश्लेषण गर्ने र बदल्ने सम्बन्धमा विचार र दृष्टिकोण निर्माण गर्दछ । अहिले संसारमा रहेका सम्पूर्ण मानवसमुदाय, दार्श्निक पक्षधरताका हिसाबले मुख्यतः दुई विपरित खेमामा विभाजित भएर रहेका छन् । त्यो भनेको आदर्शवाद (आईडिलिज्म) र भौतिकवाद (म्याटेरेलिज्म) को खेमा हो । मानिसको दार्श्निक पक्षधरता जे हुन्छ, उनीहरुको समग्र दृष्टिकोण र व्यक्तित्व (पर्सनालिटी) को विकास र निर्माण पनि सोही अनुसार भएको हुन्छ ।

दर्शन र राजनीति जस्ता विषयहरुको उत्पत्ति र विकास एकाएक भएका विषय होइनन् । पृथ्वीमा आधुनिक मानव (होमोसापिएन्स) को उदय भएपछि उसले आफ्नो जीवनको रक्षा गर्न र बाँच्नका लागि प्रकृतिसँग लगातार र अनवरत श्रम र संघर्ष गर्दै आएको छ । त्यस क्रममा आफ्ना आवश्यकताहरुको परिपूर्ति गर्न भौतिक वस्तुको उत्पादन गर्दै गयो भने त्यसक्रममा सामाजिक चेतनाहरुको विकास पनि गर्दै गयो । सामाजिक चेतनाका रुपहरुमध्ये दर्शन, राजनीति, कानुन, धर्म, नैतिकता, संस्कृति, साहित्य, कला, सौन्दर्यशास्त्र, विज्ञान र प्रविधि मुख्य हुन् । सामाजिक चेतनाको रुपहरुमध्ये दर्शन पछि राजनीति नै सबभन्दा माथि हुन्छ । अर्को शब्दमा भन्नुपर्दा राजनीतिलाई सामाजिक चेतनाको उच्चरुप मानिन्छ । त्यसैले कसैले राजनीति गर्दिन, राजनीति छाड्छु भन्न सक्दछ तर राजनीतिले उसलाई छाड्दैन । मुख्य कुरो त कस्तो प्रकारको राजनीति गर्ने भन्नेमात्र हो । दर्शनले समाज परिवर्तन र रुपान्तरणका लागि आफ्नो निििश्चत ध्येय अथवा लक्ष्य÷उद्देश्य निर्धारण गर्दछ । उक्त ध्येय प्राप्त गर्नका लागि राजनीति अगाडि आउँछ । त्यसअर्थमा राजनीति भनेको दर्शनले परिकल्पना गरेको ध्येय प्राप्तिका लागि गरिने साधन र माध्यम हो । अथवा दर्शनको व्यवहारिक कार्यान्वयन भनेकै राजनीतिक क्रियाकलाप हो ।

मानव समाजविकास क्रममा राज्यव्यवस्थाको जिम्मेवारी र काम पनि धर्मले नै गर्दथ्यो । भनाईको तात्पर्य धर्म र राजनीति छुट्टिएको थिएन बरु एक आपसमा जोडिएको थियो । धर्मा्धिकारीहरुले नै राज्यव्यवस्थाका कार्यहरु सम्पादन गर्दथे र उनीहरु नै राज्यको समेत प्रमुख हुने गर्दथे । कालान्तरमा राज्यको दायित्व र जिम्मेवारी विस्तार हुँदै गयो । धर्म वैयक्तिक विश्वाससँग जोडिएको विषय भएकोले त्यसको क्षेत्र संकुचित एवं. संकीर्ण हुन गयो र त्यसले राजनीतिक व्यवस्था र समस्यालाई सम्हाल्न नसक्ने भएपछि राजनीतिले धर्मको संकुचित दायराबाट अलग हुनुपर्ने व्यवस्था आयो । यसरी राजनीति राज्यव्यवस्था संचालनको मुख्य साधन र विषय बन्न गयो । त्यतिमात्र होइन राजनीतिशास्त्रको समेत विकास भयो र त्यसको विस्तृत अध्ययन नै सुरु भयो ।धर्म र राजनीतिका बिचमा वारपार भएर सम्बन्ध विच्छेद भएपछि राजनीतिक पार्टी÷दलको स्थापना पनि सँगसँगै आवश्यकता हुन गएको हो । राजनीतिक दलहरुको स्थापना सबैभन्दा

पहिले संयुक्त अधिराज्य (बेलायत) मा भएको थियो । त्यहाँ राजनीतिक पार्टीहरु स्थापना हुनुको पनि खास कारण थियो । त्यहाँ पहिला संसद थियो तर पार्टी थिएनन् । किनभने संसदमा सदस्यका रुपमा सामन्त र जमिनदारहरु मात्र नियुक्त हुन पाउँथे र राजा तिनीहरुको नेता हुन्थ्यो । त्यहाँ धेरै लामो समयसम्मको आन्दोलन र संघर्षपछि मात्र आम जनताले पनि चुनावमा भाग लिन पाउने अधिकार स्थापना भएपछि मात्र चुनावमा उम्मेदवारहरु उठाएर निर्वाचन लड्नुपर्ने भएकाले राजनीतिक पार्टीहरु गठन भएका थिए । तर २१ औं शताब्दीको आधुनिक युगमा आइपुग्दा समेत पनि ‘हाउस अफ लड्र्स’ भनिने बेलायतको उपल्लो सदन निर्वा्चित नभएर अहिले पनि वंशानुगत प्रतिनिधित्वका आधारमा भरिभराउ रहेको छ ।

राजनीतिक पार्टी र दलसँग दुईवटा मुख्य विषय वा पक्षहरु अभिन्न रुपले जोडिएका हुन्छन् , ति विषय वा पक्ष भनेका दर्शन र वर्ग हुन् ।

राजनीतिक पार्टी र दलसँग दुईवटा मुख्य विषय वा पक्षहरु अभिन्न रुपले जोडिएका हुन्छन् , ति विषय वा पक्ष भनेका दर्शन र वर्ग हुन् । पहिलो, राजनीतिक पार्टीको प्रश्न अगाडि आउनासाथ अमूक राजनीतिक पार्टीले कुन दर्शनबाट निर्दे्शित भएर वा कुन दर्शनलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गरेर आफ्नो राजनीतिक नीति एवं. कार्यक्रम तय गरेर आफ्ना जनसमुदायका बिचमा प्रस्तुत गर्दछ भन्ने हो भने दोस्रो उक्त पार्टीले कुन वर्ग (शोषक वा शोषित) वर्गको पक्षधरता लिएर त्यो वर्गको हित र राज्य व्यवस्था स्थापना गर्ने कार्यमा आफ्ना कार्यक्रम र गतिविधिलाई केन्द्रित गर्दछ भन्ने कूरा महत्वपूर्ण हुन्छ ।

दर्शन वा मार्ग्निर्देशक सिद्धान्त र वर्गीय प्रतिनिधित्व एवं. पक्षधरताका आधारमा राजनीतिक पार्टीहरुलाई मूलतः तीन खेमामा वर्गीकरण गर्न सकिन्छ । ति हुन्, पश्चगामी, यथास्थितिवादी र परिवर्तनकारी । तर सामान्यतः यथास्थितिवादी (कन्जरभेटिभ) र परिवर्तनकारी र (याडिकल) पार्टीहरु नै राजनीतिको मूलधारमा रहने गर्दछन् ।

नेपालको सन्दर्भमा भन्नुपर्दा भूतपूर्व पञ्चहरुको पार्टी जस्तो स् राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पश्चगामी राजनीतिक पार्टीका रुपमा, यथास्थितिवादी पार्टीका रुपमा नेपाली काँग्रेस र नेका जस्ता पार्टीहरु र परिवर्तनकारी पार्टीका रुपमा वामपन्थी र कम्युनिस्ट पार्टीहरुलाई लिन सकिन्छ ।

पश्चगामी र पुरातनवादी दलहरुले आफ्नो गुमेको सत्तालाई फर्काउने निरर्थक प्रयास गर्दछन् । जस्तो, राप्रपाजस्तो दलले अहिले पनि संघीयता, धर्म्निरपेक्षता र गणतन्त्रलाई उल्टाउने कुरा गर्दछ । यथास्थितिवादी दलहरुले आर्थिक, सामाजिक परिवर्तनका लागि पहलकदमी लिनमा चासो राख्दैनन् । जस्तो नेपाली काँग्रेस र काँग्रेसजस्ता पार्टीहरुलाई बहुदलीय व्यवस्था भए पर्याप्त हुन्छ, चाहे त्यो राजतन्त्रसहितको नै किन नहोस् । सारांशमा भन्नु पर्दा पुरातनवादी र यथास्थितिवादी शक्तिहरु आन्दोलन र परिवर्तनका मुद्दाहरुलाई आफ्नो बलबुताले थेग्न नसक्ने अवस्था आएपछि मात्र त्यसमा सहमत भएको अभिव्यक्ति दिँदै परिवर्तनको बलमा घिसारिएर मात्र एक पाइला अगाडि सर्न बाध्यहुन्छन् ।

कम्युनिस्ट आन्दोलन ध्येयमूलक राजनीति (मिसन पोलिटिक्स) को अग्रिम मोर्चामा हुनुपर्ने हो र पर्दछ । किनभने कम्युनिष्ट आन्दोलन बुर्जुवा राजनीति जस्तो आवधिक निर्वाचन गर्ने र अनेक तिकडम गरेर सत्ता–राजनीतिको सेरोफरोमा मात्र चक्कर लगाउने होइन बरु त्यो भन्दा बढी हो, जुन आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको निरन्तर अभियान हो । त्यसैगरी कम्युनिस्ट पार्टी भनेको सामान्य वामपन्थी र गणतन्त्रवादी पार्टी र शक्तिहरु जस्तो मात्र पनि होइन बरु त्यो भन्दा बढी हो जसले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्दै साम्यवादी समाजसम्म पुग्नु हो । जहाँ स्वयम् कम्युनिस्ट पार्टीको आवश्यकता पर्ने छैन । त्यसप्रकारको ध्येयमूलक राजनीतिलाई अगाडि बढाउने अभियानमा योगदान पु¥याउनका लागि विश्व कम्युनिस्ट आन्दोलनको सन्दर्भमा हेर्दा कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको एक सय वर्षपछि मात्र नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न सम्भव भएको थियो । त्यो पनि चार जना संस्थापक सदस्यहरुले भारतको कलकत्ता सहरमा गएर गर्नुपरेको थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको करिब सात दशकको इतिहासमा पार्टीको तेस्रो महाधिवेशन सम्म मात्र जसोतसो एकीकृत पार्टी रहन सम्भव भएको थियो । त्यसपछि फुट र विखण्डन सुरु भएको अद्यापि कायम छ र दुई दर्जनको हाराहारीमा कम्युनिस्ट नामधारी पार्टीहरु रहेका छन् ।

नेपालको राजनीतिक परिदृश्यमा हेर्ने हो भने नेपाली काँग्रेसजस्ता यथास्थितिवादी पार्टीहरुको त प्रश्नै भएन स्वयम् कम्युनिस्ट पार्टीका महान्त्री भएका व्यक्ति र तत्वहरुले पार्टी परित्याग गर्दै निरंकुश राजतन्त्रको पक्षधरता लिएर त्यसको रक्षाका लागि लागिपरेको इतिहास र उदाहरण कायम छ । अहिले सतहमा देखापरेका कम्युनिस्ट नामधारी पार्टीहरु अधिकांश यथास्थितिवादी, प्रतिक्रियावादी र पुरातनपन्थीहरुसँग मेलमिलाप र हातेमालो गर्दै सत्ता राजनीतिको चास्नीमा डुबुल्की मारिसकेका छन् । तिमध्ये नेकपा (एमाले) र नेकपा (माके) ले त पाएसम्म आफ्नै नेतृत्वमा सबै प्रतिक्रियावादी र पुरातनपन्थीहरुलाई समेटेर, त्यसो हुन नसकेमा उनीहरुकै नेतृत्वलाई स्वीकारेर सत्ता राजनीतिको स्वाद लिन निरन्तर परिक्रममा लगाउने गरिरहेका छन् । आश्चर्य र उदेकलाग्दो विषय त के छ भने आफूलाई कम्युनिस्ट पार्टी बताउने पार्टीहरु सत्ता राजनीतका लागि अनेक बहानाबाजी गरेर सरकारमा जाने गरेका छन् र उनीहरुले सरकारका नीति तथा कार्यक्रमका रुपमा ल्याउने कथित दस्तावेजमा पुरातनपन्थी, यथास्थितिवादी र प्रतिक्रियावादी तत्वहरुले दशकौंदेखि रटान लगाउने गरेका मधुर वाक्यांश र झुठा आश्वासनका पुलिन्दामा सहमत भएर ताली बनाउने भन्दा अर्को काम गर्न नसकेको स्पष्टै छ । त्यसैगरी हास्यास्पद कुरा के छ भने नेपालको सत्ता राजनीतिको बागडोर सम्हाल्नका लागि पुरातनपन्थी यथास्थितिवादी र प्रतिक्रियावादीहरुले गर्दै आएका राष्ट्रघात, जनघात, भ्रष्टाचार, नातावाद र कृपावादजस्ता देशविरोधी र जनविरोधी कार्यको विरासतलाई बढाउने मात्र होइन, तिव्रता प्रदान गर्दै आएका छन् । अहिलेसम्मको अवस्थामा आईपुग्दा कथित कम्युनिष्ट पार्टी र यथास्थिति र प्रतिक्रियावादी तत्वहरुका बिचमा शत्रुता र बैरभावको अन्त्य भएर मित्रता र सौहार्दता कायम हुन पुगेको छ । त्यसैगरी दलाल, नोकरशाही, बिचौलिया र माफियाहरुसँग मिलेमतो गरेर उनीहरुको हितको पक्षमा काम गर्ने र स्वयम पनि त्यस्ता घृणित कार्यमा संलग्न हुने गरेका छन् ।

पुँजीवादी संसदीय व्यवस्थामा तथाकथित सत्तापक्ष र प्रतिपक्षको नाटक गर्ने गरिन्छ । वास्तममा तिनीहरु एक सिक्काका दुई पाटा मात्र हुन् । तर कम्युनिस्ट आन्दोलन र त्यसलाई नेतृत्व प्रदान गर्ने कम्युनिस्ट पार्टी स्थायी वैचारिक प्रतिपक्ष (अपोजिसन) को भूमिका खेल्ने शक्ति हो र हुनुपर्दछ । हाँस्यास्पद कुरो त के छ भने अन्य यथास्थितिवादी पार्टी र प्रतिक्रियावादी पार्टीमा रहेका राजनीतिकर्मीहरुलाई कम्युनिस्ट नामधारी पार्टीको नेता बनाउने र बन्नु सामान्य परिघटना भएका छन् । चुनावमा उम्मेदवार हुने अवसर नपाएका तत्काल दलबदल गरेर उम्मेदवारी प्राप्त गर्ने दृश्यहरु त सामान्यभन्दा पनि बढी भएका छन् ।

देशको राष्ट्रिय राजनीतिको यसप्रकारको दलदलपूर्ण माहौलमा ध्येयमूलक राजनीतिले चुनौतीपूर्ण अवस्थाबाट गुज्रनुपर्ने अवस्था आउनु स्वभाविक छ । यस प्रकारको गम्भीर अवस्थामा नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले ध्येयमूलक राजनीतिलाई अगाडि बढाउन पहलकदमी लिने प्रयत्न गरिरहेको छ । त्यसप्रकारको गम्भीर जिम्मेवारी पूरा गर्नका लागि पार्टीले वैचारिक, राजनीतिक र सांगठनिक दृष्टिकोणबाट सशक्त र व्यवस्थित ढंगले अगाडि बढ्नुपर्ने टड्कारो आवश्यकता छ । त्यसका साथसाथै अन्य तत्वहरुले गर्दै आएका राष्ट्रघाती, जनघाती कुकृत्यहरुका विरुद्धमा व्यापक आलोचना र भण्डाफोरको कार्यलाई आम जनसमुदायका बिचमा पु¥याएर जनचेतना जागृत गराउनु पर्दछ । त्यस दिशामा अगाडि बढ्न र जिम्मेवारी पूरा गर्न यही असोज २२ गतेदेखि सम्पन्न हुन गइरहेको पार्टीको राष्ट्रिय सम्मेलनले पारित गर्ने नीति, कार्यक्रम र चयन हुने नेतृत्वले थप ऐतिहासिक र महत्वपूर्ण भूमिका खेल्नेछ ।