पैंयूँ गाउँपालिकाको अध्यक्षमा तिवारीलाई निर्णय

346
views

नवदृष्टि संवाददाता
पर्वत, २ बैशाख । नेपाली काँग्रेसका प्रभावशाली नेता खगेन्द्र प्रसाद तिवारीलाई नेपाली काँग्रेस पैंयू गाउँपालिका कार्यसमितिले अध्यक्षमा सर्वसहमतिले निर्णय गरेको छ । काँग्रेसले जसमति गुरुङलाई उपाध्यक्षमा निर्णय गरेको छ । नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका तिवारीलाई नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदमा सर्वसहमति जुटेको हो ।
यस्तै पैयू गाउँपालिकाका वडा नं २ मा भिमसेन गुरुङ, वडा नं ३ मा थान प्रसाद भुसाल र वडा नं ७ मा भिम बहादुरलाई सर्व सहमति भएको नेपाली काँग्रेस पैंयू गाउँपालिकाले जनाएको छ ।