प्रधानमन्त्रीसँग दाहालको एक घण्टा अर्थपूर्ण वार्ता

1812
views

काठमाण्डौ, १७ असोज । प्रमुख विपक्षी एमालेसँग चुनावी तालमेलको तयारी गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिव एक घण्टा देउवा र दाहालबीच ‘वान टु वान’ वार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । ‘उहाँहरुबीच एक घण्टा ‘वान टु वान’ भेट भयो,’ परियारले भने, ‘विषय थाहा भएन ।’
आगामी प्रतिनिधिसभा र प्रदेशको चुनावमा एक भएर जाने पूर्वप्रतिबद्धता विपरीत माओवादीको निर्णय आएपछि सत्तारुढ दुई शीर्ष नेताबीच अर्थपूर्ण वार्ता भएको हो ।