पार्टी एकताको विपक्षमा गोपाल किराँँतीः प्रचण्डलाई दासढुङगाबाट जोगाउने कसरी ?

1809
views

काठमाण्डौ, १७ असोज । एमाले–माओवादी पार्टी एकताको तरङगले राजनीतिक वृत्तमा सनसनी मच्याइरहेको बेला माओवादी केन्द्रका केही अगुवा नेताहरुले प्रचण्डको निर्णयलाई दासढुङ्गाको संज्ञा दिएका छन् । सोमबार सम्पन्न पार्टी सचिवालय बैठकमा किराँती र प्रभु शाहले पार्टी एकताको विपक्षमा उभिदै प्रचण्डले पार्टीलाई एमालेमा विलय गराउन खोजेको आरोप लगाए । माओवादी केन्द्रका नेता गोपाल किराँती एमालेसंग पार्टी एकता गर्ने प्रस्तावको विपक्षमा उभिदै ओली र माधव नेपालले प्रचण्डलाई राजनीतिक र वैचारिक रुपमा त्रिशुलीमा हालन खोजेको आरोप लगाए ।
बैठकमा किराँतिले यस्तो बताउँदै भने ‘‘यो एकताका नाममा माओवादीलाई एमालेमा विलय गराउने प्रस्ताव हो । पहिचानको मुद्धा र माओवाद एमालेले के गर्छ ? एमालेको जनताको बहुदलीय जनवाद हामीले के गर्छौँ ?’, किराँतीले अध्यक्ष प्रचण्डलाई प्रश्न राखेका थिए । उनले पार्टी एकता प्रकृयामा आफ्नो गम्भीर विरोध र आपत्ति भएको बताउँदै बैठकस्थलबाट बाहिरिएका थिए ।
नेता किराँतीले अब प्रचण्डलाई माधव नेपाल र केपी ओलीले राजनीतिक रुपमा त्रिशुलीमा हाल्ने बताए । ‘अब प्रचण्डलाई खड्ग ओली र माधवकुमार नेपाल मिलेर त्रिशुलीमा हाल्छन् यो राजनीतिक रुपमा अर्को दासढुङ्गा हो भन्दै प्रचण्डलाई राजनीतिक रुपले पनि हाल्छन् र भौतिक रुपले पनि त्रिशुलीमा हाल्ने बताए ।
उनले प्रचण्डलाई यो कुनै लेनिनको समाजवादी क्रान्तिको तयारी नभएको भन्दै घोर दक्षिणपन्थी आत्मसमर्पणवादी बाटो भएको आरोप लगाए । अझै पाँच वर्ष माओवादी भएरै निर्वाचन लड्नुपर्ने आफ्नो धारणा रहेको किराँतीको भनाई थियो ।
उनले आपूm कुनै हालतमा एमालेमा विलय हुन नजाने बरु प्रचण्डलाई दासढुङ्गाबाट कसरी जोगाउने भन्नेमा जोड दिए । एमालेमा गएर विलय हुने बाहेक अन्यले माओवादी केन्द्र नै चलाउने बताए । उनले वर्गीय, जातीय, क्षेत्रीय, महिला उत्पीडनविरुद्धका आन्दोलनलाई जारी राख्छौं । महान जनयुद्धका अमर सहीदहरुको सपना पुरा गर्ने संकल्प कायम राख्छौं’, किराँतीले भने ।