२३ घण्टापछि कफ्र्यु हट्यो

1244
views

गुलरिया, १७ असोज। सदरमुकाम गुलरियाको लालपुर क्षेत्र आसपासमा लगाइएको कफ्र्यू २३ घण्टापछि हटाइएको छ । आइतबार राति ताजिया र मूर्ति विसर्जन गर्ने समूहबीच झडप भएपछि स्थिति सामान्य पार्न गुलरिया नगरपालिका– ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा सोमबार बिहान १० बजेदेखि कफ्र्यू लगाइएको थियो । कफ्र्यू हटाइएको प्रजिअ नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।