संविधान कार्यान्वनका लागि दलहरुबीच सहकार्यको आवश्यकता डा. शशांक

773
views

नवलपरासी, १८ असोज । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधानको कार्यान्वयनका लागि सबै दलहरुबीच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
नवलपरासीको देवचुलीमा नेपाली काँग्रेस देवचुली नगरकार्य समितिद्वारा आयोजित चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै नेता कोइरालाले काँग्रेस निर्णायक शक्ति बन्न नसकेकाले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसकिएको जिकिर गर्नुभयो ।

सोही अवसरमा बोल्दै महामन्त्री कोइरालाले यसका लागि आशन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।